शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • थिति भित्रकाे यथार्थता (कविता)

थिति भित्रकाे यथार्थता (कविता)

  • आइतवार, फाल्गुन ७, २०७९
थिति भित्रकाे यथार्थता (कविता)

तिमी जितेर आए देखि
त्याे झन् दरिलाे भएर अडिएकाे छ ।
खाेला वारपार गर्न त साघु चाहिन्छ नै
चाहे काठ फलाम या पक्की कुनै न कुनै
बाचुञ्जेल कद एकनास कसकाे पाे हुन्छ र
काेपिलादेखिकाे जीवनचक्र फक्रेर अवश्य झर्छ
सबै उस्तै हरियाली त देखिन्छ आगाेले नछाेइदा
झिल्काे सानाे आगाेले पुरै डडेलाे बनाउछ
खरानीमा पनि आगाे लुकेकाे हुन्छ र त
चाहिएकाे पलमा बालिन्छ
बीउ त धेरै कहाँ चाहिन्छ र
उत्पादन र उत्पादकत्व बढाउन
कर्म अनि मर्म मै स्टेरिङ फरक फरक काट्दा
गन्तव्यमा पुग्ने द्विविधा नै हुन्छ
रुखका पातहरु शान्त हुन्छन् रे त मध्ये रातमा
र पनि त्याे शीतलाई सहनु पर्छ नै
रुखकाे जराले अलिकति भए पनि
माटाे अड्याएकै हुन्छ
विनाश तिनकै गर्न खाेजे
थाेरै भए पनि भू स्खलन हुन्छ
स्वच्छ र सफा गर्ने नाममा
फाेहाेरलाई छाेपि राखिन्छ कतिञ्जेल
दुर्गन्धित हुन्छ नै निश्चित समयपछि
फ्याक्ने कि गाड्ने हुन्छ त्यसपछि
सही र यथार्थमा पनि त दाेधार आइदिन्छ
त्यसैले त जन जनमा फरक आइदिन्छ

चर्चामा

सम्बन्धित समाचार