शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भजन गाउँछन् हरे कृष्ण हरे राम

भजन गाउँछन् हरे कृष्ण हरे राम

  • आइतवार, फाल्गुन ७, २०७९
भजन गाउँछन् हरे कृष्ण हरे राम

धर्मको आडमा नाङ्गो छ चरानाम लाज छैन,
नौजवान मागी खान्छ गर्दैन काम लाज छैन।

खुलेआम हिंड्छन् धेरै भाङ धतुराकै मातमा,
भजन गाउँछन् हरे कृष्ण हरे राम लाज छैन।

लगाउँछन् कसै कसैले त गहना हरू शुनका,
काहाँ बाट आउँछ बाबा सँग दाम लाज छैन।

सरकार मौनछ कुसंस्कार फैलियो समाज मा,
के होला हाम्रो समाजको अञ्जाम लाज छैन।

कसैले पसिना बेच्न बिदेश धाउँछन सधै भरी,
कसैले यहाँ रोघ फैलाए शुभ साम लाज छैन।

बिभिन्न खाले मानव भेट्टिन्छन् हाम्रै समाजमा,
इमान्दारीमा पुग्दैन एक छाक माम लाज छैन।

चर्चामा

सम्बन्धित समाचार