• होमपेज
  • राजनीति
  • राष्ट्रपतिमा सहयोग माग्न आएका रामचन्द्र पौडेलसँग उपराष्ट्रपतिमा उपेन्द्रको चासो

राष्ट्रपतिमा सहयोग माग्न आएका रामचन्द्र पौडेलसँग उपराष्ट्रपतिमा उपेन्द्रको चासो

  • शनिबार, फाल्गुन ६, २०७९
राष्ट्रपतिमा सहयोग माग्न आएका रामचन्द्र पौडेलसँग उपराष्ट्रपतिमा उपेन्द्रको चासो

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भएको छ ।

जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिव आधा घण्टा छलफल भएको र आसन्न राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनकाअनुसार भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए । उता, यादवले पनि उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग उपराष्ट्रपति आफ्नो दललाई दिन आग्रह गर्दै आएका छन् ।

यादव उपराष्ट्रपतिमा संसदीय दलका नेता रामसहाय यादवलाई पठाउन चाहन्छन् । यादव उपराष्ट्रपति बने उनी निर्वाचित बारा–२ मा हुने उपनिर्वाचनमा आफू लड्ने उपेन्द्रको चाहना छ ।

चर्चामा

सम्बन्धित समाचार