बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • समाज
  • आमूल परिवर्तन बन्दुकले होइन बिचारले हुनेछ!

आमूल परिवर्तन बन्दुकले होइन बिचारले हुनेछ!

  • शुक्रबार, फाल्गुन ५, २०७९
आमूल परिवर्तन बन्दुकले होइन बिचारले हुनेछ!

सुरेशकुमार पान्डे – जबसम्म समाजमा जातिय छुवाछुत र वुजुर्वको धार्मिक बिभेदको जालो च्यातन सक्दैनौँ त्यो बेलासम्म क्रन्तिकारी गफ मात्र केही व्यक्ति र संगठनको लागी जिबिकोपार्जन गर्ने माध्याम हुनेछ।
हाम्रो बिचमा मुख्य दुइव़टा दुश्मन छन्।
प्रथम दुश्मन हो हाम्रो पिछडिएको सोंच दोस्रो दुश्मन हो बिदेशी शक्ती।अरू सबै गोण र सहायक दुश्मन हुँन सक्छन्।
यदी यि दुबै सँग विजय हासिल गछौँ भने हामी स्वर्गमै छौं नत्र पुस्तौं पुस्तासम्म हामीले नर्क झेलीरहनुपर्छ र यही नर्कलाई स्वर्ग सम्झेर यसैमा रम्नुपर्छ।
जसले जिउँदो छंदा दुःख र नारकिय जिवन भोगेको छ त्यसलाई सान्तवना दिनलाई मरेपछि स्वर्ग जान्छस् भनेर अरू दुःखझल्ने उर्जा थपेका हुन्छन् वुजुर्वाहरूले।
हामिले राजनीति केका लागी गर्ने वुजुर्वाको लागि वा परिवर्तनको लागी?त्यही बिषयले हामि कुनदिसातर्फ अनमुखछौँ भनेर देखाएको हुन्छ।कसैलेपनि भन्नुपर्दैन।
हाम्रो बिचारलाई परिवर्तन गर्ने श्रोतभनेको आफ्नो आंटहो अरूकुनै बाहिर उपयुक्त साधन हुनसक्दैन।जसले वुजुर्वा बिचारधारालाई बिभिन्न उधारण दिएर बहाना बनाएर छोड्न खोज्दैनन् र त्यसैमा आफ्नो भबिश्य देख्छन्।तिनिहरू नै असलमा परिवर्तनको दुश्मन हुँन् ।
मानिस सँग दुइटा बाटा मात्रै हुन्छन एउटा भौतिक आर्को आध्यात्मिक।
यानिकी एउटा परिवर्तनसिल आर्को यथास्थिती त्यसबाहेक अरू बाटा हुनै सक्दैनन् तर पहिल्यै देखुन जो समाज परिवर्तनको दिशा हुंदै आफ्नो क्यरियर बनाउँन खोजेको हुन्छन् तिनैले अवसरबादी बाटो बनाउँदै आएका छन्।त्यसैमा अहिलेका कथित क्रन्तिकारीहरूको जमघट भएकोछ र तैसैलाई उनिहरूले मूलबाटो बताउँदै जनतामा भ्रम छर्दैछन्।
त्यो क्रान्तिकारी आवरणभित्र प्रतिकृयावादीको सेवा गर्ने बाटो नै हो।
मैले माथि नै भनिसकें हाम्रो बिचमा दुइटा दुश्मन छन् पहिलो वुजुर्आ विचार र आर्को बिदेशीको हश्तक्षेप।
हामिले यि दुबै दुश्मनहरूलाई कम घातक भनेर कस्लाई अंकित गर्ने?दुबै दुश्मन समान छन तर कतिवेला बिदेशी हस्तक्षेपले घरेलु जिलाफ लगाएर मैदानमा ठिङ्ग उभिन्छ त्यो वेला हामिले प्रतिकृयावादी भनेर मुख्य दुश्मनको दायरामा राखेका सँग पनि एकता गरेर जान बाध्य बनाईदिन्छ।जस्तो कि हिंदु धर्म यो एउटा खतरनाक सामाजिक रोघ हो तर कतिपयले यस्को बिरोध गर्न आर्को इसाई धर्मको सहारा लिन्छन् त्यो झनै खतरनाक पक्ष हो।
एकातिर हिन्दु धर्म बाट पिडितहरूले मुक्ति चाहान्छन त्यसैको बहानामा साम्राज्यवादी शक्तिले उनिहहरूको बिचमा विक्लपको रूपमा पासा थाप्यो।यसले हाम्रो समाजलाई मात्रै होइन हाम्रो देश र सन्तानलाई बिभाजित मात्रगरेन बर्गिय आन्दोलनलाई पनि कम्जोर पार्न पुग्छ।
यस्को बिरोध गर्दा पनि हाम्रा मित्रशक्तिहरू मध्यका कतिपयमा भ्रमसिर्जना हुनसक्छ।यो शंघर्ष एकता र शंघर्षको नीति सँग सम्बन्धित बिषय हो।आउँने दिनमा साम्राज्यवादीले यसैलाई पुलबनाएर भित्रियो भने इसाई धर्मको बिरोध गर्दा हाम्रो आन्दलन हिंदुधर्म तिर झुक्न पुग्छ।
कतिवेला कस्लाई दुश्मन र कतिपयवेला कस्लाई मित्र त्यो रणनिति भित्रको कार्यनिति प्रश्नपनि हो।
जस्लाई हामिले दुश्मन ठानेका छौँ त्यही शक्तिको सहयोगमा अर्को शक्तिलाई परास्त गर्न उपयोग पनि गर्ने नीतिहुन्छ।
कतिपय अबस्थामा प्रतिगमनकारी शक्ति प्रमुख दुश्मनको रूपमा उभिएको हुन्छ त कतिपय अबस्थामा बिदेशी हस्तक्षेप।त्यसैले हामि क्रान्तिकारीहरूले राष्ट्रिय एकता गर्नुपर्छ कुनैवेला जनताले बलिदान दिएर ल्यायको थोरधेर अधिकारको रक्षा गर्नलाई लक्षित हुनुपर्छ।तर यि सबैकाम गर्दापनि वुजुर्वा बिचार एउटा सामाजिक प्रश्न भएकोले यस्को बिरूद्धमा निरन्तर जानसकिन्छ।यो रूढीवाद बिरूद्धको शंघर्षले हाम्रो आन्दोलनलाई नोक्सान भन्दा बढी फाइदा पुग्छ र समाजविकासमा पनि यस्को राम्रो असर पर्न सक्छ।किन कि हाम्रो समाजमा कतिपय बिचार जनताले नचाहेरपनि प्रयोग गर्दै आएका हुन्छन।
यसैलाई बस्तुगत अवस्थाको ठोंश मुल्यांकन गरेर परिवर्तनशिल मार्गमा अगाडी बढेको भन्न सकिन्छ।
धार्मिक र जातिय आधारमा गरिने सामाजिक बिभेदलाई हामिले सामाजिक रूपमा समाधान गर्न त्यो कुरितीहरूलाई पञ्छाउंदै पनि जानुपर्छ।कतिपय साथिहरू जो आफुलाई सधै कामरेड भन्न रूचाउंनुहुन्छ उंहाहरूले कामरेडको बारेमा बुझेर र त्यहीनुसारको व्यबहार गरेर बल्ल आफुलाई कमरेड प्रमाणित गर्न सक्नुहुने छ।
अहिले बिभिन्न व्यक्यिहरूले जस्ले यो समाजलाई परिवर्तन गर्ने ठेक्कालिएका हुन्छन् उनिहरूले आफुलाई त्यो परिवर्तनको दिशातर्फ डोराउंन सक्दैनन् भने कसरी समाजमा आमूलपरिवर्तन हुन्छ?
अरूले गरेकोमा राजनीतिगरेर त्यसमा उस्को प्रसंसा गरेर वा कमिकम्जोरी देखाउंदै आलोचना गरेर निश्चितरूपमा परिवर्तन हुनेछैन।
अहिले त्यस्तै हुंदै आएको छ झण्डा रातो नाम कम्युनिष्ट भाषन अब्बल तर व्यबहारमा शून्य।उनिहरूलाई थाहा छ कम्युनिष्टको नीति सिद्धान्त अरूलाई खुब क्लास दिन्छन,ठूलाठुला ठेली लेख्छन तर जव व्यबहारमा जाने समय आउंछ बाहाना खोज्नथाल्छन।सबैभन्दा राम्रो बहाना उनिहरूलाई बस्तुगत अबस्था हेरेर पाइलो चाल्नुपर्छ भनेर आफु पानी माथिको ओवानो बन्छन्।
यि सांचैभन्दा परिवर्तन त चाहान्छन् तर केमा भनि कम्युनिष्ट बिचारधारामा आफुलाई स्वांउदो संसोधन गरेर सर्प पनि मरोस् लाठीपनि नभांचियोस।त्यसैले आज हाम्रो देशभित्र आबरणमा कम्युनिष्टको थुप्रो छ तर त्यो भित्र नियाल्दा बिउपनि छैन।
उनिहरूले आफुलाई हिन्दु भन्छन् त्यसपछि हिन्दुको रितिनुसार व्यबहार गर्नु पय्रो,जस्ले आफुलाई मूश्लिम भन्छ उस्ले इस्लाम धर्मनुसार व्यबहार गर्नैपय्रो। यस्तै प्रकारले बुद्धका अनुवाई,अनि इसाइका अनुवाई आदी सबैले वेग्ला बेग्लै बाटो छोपेपछि बर्गिय आन्दोलनमा कस्ले भागलिने? अनि कसोगरी हुन्छ देशभित्र आमूलपरिवर्तन।आमूलपरिवर्तन त आ आफ्नो बिचारलाई फेरेर गर्न सकिन्छ।
१७-०३-२०२३

चर्चामा

सम्बन्धित समाचार