शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशको अबस्था देख्दा दिकदार हुन्छ

देशको अबस्था देख्दा दिकदार हुन्छ

  • शुक्रबार, फाल्गुन ५, २०७९
देशको अबस्था देख्दा दिकदार हुन्छ

देशको अबस्था देख्दा दिकदार हुन्छ,
जनताको वेहाल नेता सिमापार हुन्छ।

सक्यासम्म गर्छन काम देश बिदेशमा,
अन्तिम निचोड आफै नाङ्गेझार हुन्छ।

आफ्ना सन्तानको अगाडी बाघ बन्यो,
जस्ले हाम्रो रगत चुसेर साहुकार हुन्छ।

हाम्रो देशमा केबिक्दैन भनौं त जनता,
याहाँ त इमान धर्मको नी व्यपार हुन्छ।

ठुलो राजनीति गर्छन् मरेर स्वर्गजानेले,
जुन देश भित्र कात्रोमा कारोबार हुन्छ।

गर खडेरी जतिगर्छस् बांजैछ खेतबारी,
अब यिनै आँखामा साहुन असार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार