• होमपेज
  • राजनीति
  • निलम्बित सांसद अरुण चौधरीको आज बयान लिइँदै

निलम्बित सांसद अरुण चौधरीको आज बयान लिइँदै

  • बुधबार, फाल्गुन ३, २०७९
निलम्बित सांसद अरुण चौधरीको आज बयान लिइँदै

धनगढी –       निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने भएको छ। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको आरोपमा जिल्ला कारागार कैलालीमा रहेका चौधरीको आज वयान लिन लागिएको हो। उनलाई बयानका लागि जिल्ला अदालत कैलाली लगिने छ।

१९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो। २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन्। ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले केहिदिन अघि बाँकेबाट पक्राउ गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार