शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ का एक सय बढि बालबालिकालाई न्यानो कपडा बितरण

बडिमालिका ७ का एक सय बढि बालबालिकालाई न्यानो कपडा बितरण

  • मङ्लबार, फाल्गुन २, २०७९
बडिमालिका ७ का एक सय बढि बालबालिकालाई न्यानो कपडा बितरण

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ का एक सय बढि बालबालिकालाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । गर्मी मौसम सुरु भए पनि पहाडी क्षेत्रमा जाडो नै रहेको बेला वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा न्यानो कपडा बितरण गरिएको हो ।

बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष पाध्यायको पहलमा वडामा रहेका बिपन्न असाय बालबालिकालाई वडा अध्यक्ष लगायतका जनप्रतिनिधीको टोली बिद्यालयमै पुगेर न्यानो कपडा बितरण गरिएको छ । वडा नम्मर ७ का ४ वटा बिद्यालयका इसिडीमा अध्यायनरत बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताएका छन ।
वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा सामाजिक सेवा समुह फाण्डेसन बुटवलको सहयोगमा न्यानो कपडा बितरण गरिएको वडा अध्यक्ष पाध्यायले बताए । वडामा रहेका लक्ष्मी माध्यामिक बिद्यालय, ज्ञानोदय माध्यामिक बिद्यालय, सरोस्वती आधारभुत बिद्यालय र कालिका अधारभुत बिद्यालयका एक सय बढि बालबालिकालाई जकेट टोपी लगायतका साम्रगीहरु बितरण गरेको वडा सदस्य डबल विकले जानकारी दिएका छन ।
वडाअध्यक्ष पाध्यायाले यस अघि पनि शान्ती सेवा गृहको सहयोगमा ४ ओटै बिद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेका गरेका थिए । वडा अध्यक्ष पाध्यायले बेला बेला यस्ता अभियान संचालन गर्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार