• होमपेज
  • बाजुरा बिशेष
  • शान्ति सेवा गृह काठमाण्डौंले गौमुलका भूकम्प पीडितलाई राहत सहयोग गर्ने

शान्ति सेवा गृह काठमाण्डौंले गौमुलका भूकम्प पीडितलाई राहत सहयोग गर्ने

  • मङ्लबार, फाल्गुन २, २०७९
शान्ति सेवा गृह काठमाण्डौंले गौमुलका भूकम्प पीडितलाई राहत सहयोग गर्ने

रमित विक– गौमुल गाउँपालिकाका भूकम्प प्रभावितहरुलाई शान्ति सेवा गृह काठमाण्डौंले राहत सामाग्री सहयोग गर्ने भएको छ । पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सि‌ह र गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको समन्वयमा  गाैमुलका भूकम्प प्रभावित परिवारलाई तत्काल राहत वितरण गर्ने गरी छलफल गरिएको हाे ।
गत माघ १० गते आएको भूकम्पबाट बढी प्रभावित परिवारहरुलाई तत्काल राहत सामाग्री सहयोग गरिने भएको गाउँपालिका अध्यक्ष हरी बहादुर राेकायाले बताएका छन । पूर्ण रूपमा क्षति भएको परिवारलाई तत्काल टेण्ट, भाँडाकुडा, खाद्यान्न, लत्ताकपडा, सुनौला हजार दिनका आमा र बच्चालाई पौष्टिक आहार लगायत सामाग्री संस्थाले सहयोग गर्ने भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताए ।
तत्कालका लागि राहत सामाग्री सहयोग गर्ने र भूकम्प प्रभावितहरुको दिर्घकालिन रुपमा समस्या समाधानका लागि घरहरु निर्माण गरी नमुना बस्ती बनाउने गरी आवश्यक सहयोग गर्ने गरी तयार रहेको गौमुल गाउँपालिकाका अध्यक्ष रोकायाले बताए ।
शान्ति सेवा गृहको टिम र जर्मन नागरिक संस्थाबीच छलफल भएको छ । साथै भूकम्पबाट ज्यान गुमाएकी गौमुल गाउँपालिका २ की जमुना रोकायाको ७ वर्षीया छोरा सरोज रोकायालाई पठनपाठन देखि खान बस्न लगाउत सम्पूर्ण व्यवस्थापन संस्थाले नै गर्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार