बाजुरा — नेकपा माओबादी केन्द्र निकट वाईसीएल र अनेरास्ववियु क्रान्तिकारी बाजुराले २८ औँ महान जनयुद्ध दिवसरको अवसरमा पार्टी कार्यालयमा दिप प्रज्वलन गर्नुका साथै लोकतान्त्रीक चोकमा कोड सभाको आयोजना गरेको छ । २८ औँ जनयुद्ध दिवसको अवसरमा सो कार्यक्रम गरिएको नेकपा माओबादी केन्द्र निकट वाइसिएल बाजुराका सचिव प्रेम बहादुर धामीले बताए ।
अनेरास्ववियू क्रान्तीकारी बाजुराका अध्यक्ष खेम साउदको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति सदस्य तथा कार्यालय सचिव चन्द्र बहादुर थापा रहेका थिए । त्यसै गरि अतिथिकाे रूपमा नेकपा माओबादी केन्द्र सचिवालय सदस्य महेन्द्र धामी र वाईसियल केन्द्रीय सदस्य निर्मला बिष्ट रहेकाे कार्यक्रमकाे संचालन वाईसीएल बाजुराका सचिव प्रेम बहादुर धामीले संचालन गरेका थिय ।
त्यसै गरी बिहन जिल्ला अस्पताल बाजुरामा उपचारत रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।
देश र जनताको परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान सहिदहरू प्रति भावपूणर् श्रद्धाञ्जली व्यक्त गर्दे बाजुरामा २८ औँ महान जनयुद्ध दिवस मनाइएको नेकपा माओबादी केन्द्र बाजुराले जनाएको छ ।
अखिल क्रान्तिकारी बाजुरा र वाइसिएल बाजुराको सयुक्त आयोजनामा दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।