• होमपेज
  • शिक्षा
  • बझाङको धुली माविका प्रधानाध्यापकको लापरबाहीले विद्यालयको अवस्था भद्रगोल

बझाङको धुली माविका प्रधानाध्यापकको लापरबाहीले विद्यालयको अवस्था भद्रगोल

  • सोमवार, फाल्गुन १, २०७९
बझाङको धुली माविका प्रधानाध्यापकको लापरबाहीले विद्यालयको अवस्था भद्रगोल

अर्थ जङ्ग शाही/बझाङ– बझाङको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक ६ महिनादेखि स्कुलमा अनुपस्थित छन्। साइपाल गाउँपालिका–४ धुलीस्थित धुली माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज जोशी भदौदेखि विद्यालयमा अनुपस्थित भएका हुन्।

प्रधानाध्यापक जोशीले आफू बिरामी भएको भन्दै भदौमा निवेदन दिएर १२ दिनको विदा मागेको विद्यालयले जनाएको छ। विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट (भोटे)ले १२ दिनको विदा मागेका प्रधानाध्यापक जोशी हालसम्म पनि हाजिर नभएको बताए।

No description available.

उनले भने, ‘विद्यालयमा बिरामी भएकाले उपचारका लागि १२ दिनको निवेदनमार्फत विदा माग्नुभएको हो। फागुन शुरु हुन लाग्दा पनि उपस्थित हुनुभएको छैन। विद्यालयको नीतिगत वृद्धि विकासमा समेत बाधा पुगेको छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बोहराले नियमित लामो समयदेखि प्रधानाध्यापक नै विद्यालयमा नआएपछि समस्या भइरहेको बताए। उनले भने, ‘फोन गरेपछि आउँछु,आउँछु मात्रै भन्नुहुन्छ। अभिभावकले प्रधानाध्यापक अहिलेसम्म किन अनुपस्थित भए भनेर सोधेका सोधै छन्। यसबारे पटकपटक गाउँपालिकामा जानकारी गराउँदासमेत कुनै पहल भएको छैन।’

स्थानीय अगुवा शेरबहादुर बोहराले प्रधानाध्यापक नै लामो समयदेखि विद्यालयमा अनुपस्थित भएकाले विद्यार्थीको भविष्य चौपट भइरहेको बताए। साइपाल गाउँपालिका शिक्षा शाखा सह—संयोजक ज्ञानबहादुर बोहराले उक्त विद्यालयमा प्रधानाध्यापक अनुपस्थितिबारे आफूले सम्बन्धित विद्यालयमा बुझेको र अनुगमन गरेको बताएका छन्।

उनले भने, ‘अस्ति राष्ट्रपति रनिङ शिल्ड शुरु हुँदा सदरमुकाम चैनपुरमै हुनुहुन्थ्यो। अहिले उपचार गर्न जानु भएको भन्ने खबर आएको छ।’ यता प्रधानाध्यापक जोशीले भने फोन उठाएका छैनन्।

चर्चामा

सम्बन्धित समाचार