उदाउँछन् चन्द्रमा सूर्य अस्ताए पनि,
चिर्छ अंध्कार जती बल लगाए पनि।
प्रकृतीको देन जो उदायो अस्ताउँछ,
अस्ताउँनैपर्छ यो चन्द्रमा उदाय पनि।
यो चराचर जगतमा हुँने भयरै छाड्छ,
निश्चित समयपछि बस्दैन फकाए पनि।
जो जन्मिए त्यही मर्छन् कुद्रतको रित,
बिचार जिवितछ पानाबाटै हटाए पनि।
मानिस भएपछि विवेकशिल बन्नै पर्छ,
बांच्नै पर्नेरैछ मुटु चितामा पठाए पनि।
आपसमा गनगन गर्छन झुठा रितलाई,
घाटमा जानैपर्छ सन्दुकमै सजाए पनि।