• होमपेज
  • समाचार
  • बझाङमा बाघ आक्रमण : १० वटा बाख्रा मार्याे

बझाङमा बाघ आक्रमण : १० वटा बाख्रा मार्याे

  • शनिबार, माघ २८, २०७९
बझाङमा बाघ आक्रमण : १० वटा बाख्रा मार्याे

अर्थ जङ्ग शाही/बझाङ — बझाङकाे थलारा गाउँपालिका-९ मा बाघले १० वटा बाख्रा मारेकाे छ । बाघले बिहीवार दिउँसाे स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेकाे हाे ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ५ काे नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारिदिएकाे विष्टले बताए । विष्टकाे झन्डै २ लाख रुपैयाँ बराबरकाे नाेक्सानी भएकाे छ ।

झन्डै १२ वर्ष भारतमा राेजगारी गरेर फर्कनु भएका विष्टले २२ वटा बाख्रा पाल्दै आउनु भएकाे थियाे । बाघले १० वटा बाख्रा मारेपछि ऋण निकालेर गाउँमै कालीका बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसायी सुरु गरेका थिए । तर बाघले एकै दिन १० ओटा बाख्रा मारेपछि विष्ट चिन्तामा रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार