सरस्वती पुजा गर्दै गर्दा
आफ्नै आमाबाबुलाई भुलेउ कि !
ज्ञानकि भण्डार भन्दै सरस्वती काे
मुर्त मुर्ति पुज्दै गर्दा
घरकि सरस्वती आमा लाई भुलेउ कि !
पुस्तकाे भण्डार पुज्दा
आडैमा रहेकि आमा र बाबा लाई भुलेउ कि !
शुरु त घरबाट भएको थियाे शिक्षा
बिध्यालय त पबित्र मुर्ति थियाे
गुरु र गुरुआमाहरु नै सरस्वती थिए त्यहाँ !
कतै अन्धबिस्वासकाे भकारी ले
मुर्ति पुज्दै गर्दा ,
आमा ,बाबू ,गुरु र गुरु आमाहरु पाे बिर्सिएउकि !
नजिक बाट पनि बिर्सिने
टाडाबाट पनि बिर्सिने
छिमेकी जाँदा रित्तो हात पाे बनायषाै कि !
अाषा भराेसा का सबै त्यान्द्राहरु
स्वार्थ नजिर मा डुवायाैं कि !
जन्म दिने आमा र बाबू भन्दा
सरस्वती काे मुर्ति ठुलो हुदैन कि !
आमा बाबू भएर पाे हामीले स्कुल देख्यौं
आफु भाेकै बसेर संसार देखाउने आमा किन भुल्याै !
मुर्ति त समाज काे रितिकाे उपज हाे
त्यहाँ चप्पल लगाएर मुर्ति पुजिन्छ
त्यहाँ चप्पल लगाएर प्रसाद
हलुवा बाडिन्छ ।
हामीले के साेच्याै
र के दियाै ?
प्रस्न उब्जेको छ !
आमा ,आमा भन्दै संसार
टेकेकाे दिन भुलिएकाे छ !
एउटा आमा का पीडा ब्यथा र दुख
नजर अन्दाज गरिएको छ यहाँ
म भन्छु आमा र बाबा जिउँदै छदा
मन फुकाएर सकेको गर
मुर्ति र छायाँ मा भर नपर !
कति न्यानाे मायाँ गासिएको छ आमा सँग
कति सुन्दर जिम्मेवार छ बाबा सँग !
हामी कसरी भुल्न सक्छौ
गरिबी का दिनहरु
हामी कसरी राेक्न सक्छौ
आफ्नै आमा र बाबुलाई सहयोग का हातहरु !
कति बहाना बनाउछाै, म कमजोर छु भनी
फाटेकाे कमिज लगाएको जीवन भुल्छाै तिमी !
म कति सचेत छु मेरो ब्यबहारले बताउछ
म कति बाहना बनाउछु
मलाई आमा र बाबू काे आसुले सताउँछ !