• होमपेज
  • राजनीति
  • पूर्वसहमति अनुसार एमालेले नै राष्ट्रपति पाउनुपर्छ : कर्णबहादुर थापा

पूर्वसहमति अनुसार एमालेले नै राष्ट्रपति पाउनुपर्छ : कर्णबहादुर थापा

  • शुक्रबार, माघ २७, २०७९
पूर्वसहमति अनुसार एमालेले नै राष्ट्रपति पाउनुपर्छ : कर्णबहादुर थापा

काठमाडौं     –  नेकपा एमालेका नेता कर्णबहादुर थापाले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको समर्थनबिना कुनै पनि सरकार नचल्ने बताएका छन ।

पूर्वमन्त्रीसमेत रहनुभएको थापाले भने ‘सुदूरपश्चिम प्रदेश सभामा कुनै पार्टीको बहुमत छैन । नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा छ । उसको समर्थनबिना कुनै पनि सरकार नचल्ने देखिएको छ । एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि संविधानतः ठूलो दलको हैसियतले कांग्रेसको सरकार गठन भएको छ । तर उसलाई पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि नयाँ सरकार चल्ने स्थिति छैन ’ ।

राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिनु अस्थिर राजनीतिक मनस्थितिको उपज भएको नेता थापाको टिप्पणी छ । नागरिक उन्मुक्ति पार्टीले नयाँ सरकारलाई पनि विश्वासको मत नदिए मध्यावधि चुनावमा जानुपर्ने बाध्यता सिर्जना हुने उनले बताए  ।

यस्तै अर्को प्रसंगमा नेता थापाले राष्ट्रपति नेकपा एमालेलाई दिने समझदारीको पालना नगर्नु राजनीतिलाई उल्टो बाटोमा लैजानु भएको बताए । एमालेलाई राष्ट्रपति दिने गठबन्धनभित्रको पूर्वसहमति भएकाले एमलेले नै राष्ट्रपति पाउनुपर्ने   दावी गरेका छन  ।

चर्चामा

सम्बन्धित समाचार