सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्धाटन

बडीमालिका नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्धाटन

  • बुधबार, माघ २५, २०७९
बडीमालिका नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्धाटन

टेक बहादुर बुढा, बाजुरा –   बडीमालिका नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको उद्धाटन गरिएको छ ।

बुधवार एक औपचारिक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लाल बहादुर थापाको प्रमुख अतिथिमा प्रतियोगिताको उद्धाटन गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागी खेलाडी छनौट प्रक्रिया अन्तर्गत बडीमालिका नगरपालिकाका अन्तर मावि खेदकुद प्रतियोगिता सुरु हुन लागेको बताइएको छ । विभिन्न विधाका लागि खेलाडी छनौट गर्नुपर्ने भएकाले उक्त प्रतियोगिताको उद्धाटन गरिएको शिक्षा युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ ।

१० वटा माध्यामिक बिद्यालय रहेको यस नगरपालिकामा सबै माध्यामिक बिद्यालयबाट विभिन्न विधाका खेलाडीहरुको टिमले सहभागिता जनाउने नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिताको उद्धाटन गरिएको बताइएको छ । बडीमालिका नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डप्रतियोगिता बडीमालिका नगरपालिका वडा नं ८ स्थित मालिका माध्यामिक बिद्यालयमा भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार