टेक बहादुर बुढा, बाजुरा – बडीमालिका नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको उद्धाटन गरिएको छ ।
बुधवार एक औपचारिक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लाल बहादुर थापाको प्रमुख अतिथिमा प्रतियोगिताको उद्धाटन गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागी खेलाडी छनौट प्रक्रिया अन्तर्गत बडीमालिका नगरपालिकाका अन्तर मावि खेदकुद प्रतियोगिता सुरु हुन लागेको बताइएको छ । विभिन्न विधाका लागि खेलाडी छनौट गर्नुपर्ने भएकाले उक्त प्रतियोगिताको उद्धाटन गरिएको शिक्षा युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ ।
१० वटा माध्यामिक बिद्यालय रहेको यस नगरपालिकामा सबै माध्यामिक बिद्यालयबाट विभिन्न विधाका खेलाडीहरुको टिमले सहभागिता जनाउने नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिताको उद्धाटन गरिएको बताइएको छ । बडीमालिका नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डप्रतियोगिता बडीमालिका नगरपालिका वडा नं ८ स्थित मालिका माध्यामिक बिद्यालयमा भइरहेको छ ।