शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिका २ र ३ का भुकम्प पिडितलाई राहत सामाग्री वितरण

बडीमालिका नगरपालिका २ र ३ का भुकम्प पिडितलाई राहत सामाग्री वितरण

  • बुधबार, माघ २५, २०७९
बडीमालिका नगरपालिका २ र ३ का भुकम्प पिडितलाई राहत सामाग्री वितरण

टेक बहादुर बुढा,बाजुरा –  बडीमालिका नगरपालिका वडा नं; २ र ३ का भुकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।

संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (UNFPA) को आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी र बडीमालिका नगरपालिकाको समन्वयमा सो सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति रम बहादुर शाहीले बताएका छन । No description available.

मगंलबार एक कार्यक्रम बिच नगरपालिकाको वडा नं; २ मा २७ जना महिलालाई मर्‍यादा किट, १६ जना किशोरीलाई किशोरी किट, ६ घरपरिवारलाई १र १सेट सोलावर र १२ घरपरिवारलाई त्रिपाल वितरण गरिएको वडा अध्यक्ष डम्बर बहादुर महतले बताएका छन । No description available.

विपतको समयमा प्रजनन सम्वन्धि सेवामा बिशेष गरि महिला तथा किशोरीहरुलाई तत्कालका लागी प्रजनन सम्वन्धि सामाग्री वितरण गरिएको संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (UNFPA)  का आत्माराम न्यौपानेले बताएका छन । त्यस्तै वडा नं ३ रजालीमा पनि भकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको वडा अध्यक्ष डबल रोकायाले बताएका छन । वडा भित्रका २७ जना महिलाहरुलाई मर्‍यादा किट, १५ जना किशोरीलाई किशोरी किट र १५ घरपरिवारहरुलाई त्रिपाल वितरण गरेको वडा अध्यक्ष रोकायाले बताए । No description available.

त्यस्तै वडा भित्रका जेष्ठ नागरिक, HIV संक्रमित, असल उद्यमीहरुलाई सम्मान गर्नुका साथै गरिव तथा टुहुरा बालबालिकाहरुलाई कापी कलम सहयोग गरिएको वडा अध्यक्ष रोकायाले बताए । उक्त राहत सामाग्री बितरणमा गर्भवति महिला तथा किशोरीहरुलाई लैङगिक हिसांका बारेमा समेत जानकारी गराइएको थियो । विपतको समयमा गर्भवति महिला तथा किशोरीहरुलाई विभिन्न किसिमका हिसांहरु हुनुका साथै प्रजनन सेवामा समेत समस्या हुन सक्ने भन्दै प्रजनन सम्वन्धि सामाग्री वितरण गरिएको बडीमालिका नगपालिका महिला विकास शाखा प्रमुख केसरी रोकायाले बताएकी छन । विपतको समयमा राहत सामाग्री पाएको भन्दै त्याँहाका स्थानियहरु खुसी भएका छन । No description available.

उक्त राहत सामाग्री बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापाले भुकम्प पिडितहरुलाई हस्तान्तरण गरेका थिए ।

उक्त राहत वितरण कार्यक्रमका बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति रम बहादुर शाही, संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (UNFPA) का आत्माराम न्यौपाने, अलिसा घिमेरे, आदिति अर्याल, आस्था रिजाल, बडीमालिका नगरपालिकाका महिला विकास शाखा प्रमुख केसरी रोकाया, वडा अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

No description available.No description available.

चर्चामा

सम्बन्धित समाचार