शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • राजनीति
  • सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु : प्रचण्ड

सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु : प्रचण्ड

  • आइतवार, माघ २२, २०७९
सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु : प्रचण्ड

काठमाडौं  –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताए ।

‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने, ‘अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो । अब उहाँसँग (रवि लामिछानेसँँग) फेरि भेटेर कुरा गर्छु ।’

रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको बताए । उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ। बिहान उहाँसँग (रवि लामिछानेसँग) भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं ।’

चर्चामा

सम्बन्धित समाचार