शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • राजनीति
  • रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो

  • आइतवार, माघ २२, २०७९
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै रवि लामिछानेले राजीनामा दिएका थिए भने आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ।

जसअनुसार रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल बाहिरिने भएका छन् । यसैगरी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि सरकारबाट बाहिरिने भएकी छन् ।

पार्टीको बैठकपछि सभापति लामिछानेले मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने जानकारी दिए । प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी थियो । जसअनुसार वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमा मात्रै नियुक्त गर्न बाँकी थियो । अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ । रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ ।

चर्चामा

सम्बन्धित समाचार