शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

  • आइतवार, माघ २२, २०७९
कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार विपक्षी गठबन्धनको सहमति अनुसार उम्मेदवारी नदिने निर्णय भएको बताए ।

यद्यपि कांग्रेसले माओवादी उम्मेदवार उर्मिला अर्याललाई मत दिने नदिनेबारे भने कांग्रेसले निर्णय भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार