शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन १ बजेबाट

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन १ बजेबाट

  • आइतवार, माघ २२, २०७९
राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन १ बजेबाट

राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ : १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ ।

राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन। यद्यपि, आज दुवैको तर्फबाट उम्मेदवार मनोनयन भने हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार