सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खेलकुद
  • साफ यु–२० फुटबल : नेपाल बङ्गलादेशसँग पराजित

साफ यु–२० फुटबल : नेपाल बङ्गलादेशसँग पराजित

  • शनिबार, माघ २१, २०७९
साफ यु–२० फुटबल : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं – बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो। बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल गरिन्।

मस्ट अक्लिमा खातुनले एक गोल गरिन्। नेपालका मनमाया दमाइले एक गोल फर्काईन्। ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा खातुनको गोलबाट तेस्रो मिनेटमै बंगलादेशले अग्रता बनाएको थियो। खेलको १३ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाईन्।

खेलको २४ औं मिनेटमा नेपालकी मनमायाले गोल गरेपछि खेल २–१ को स्थितिमा रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा रिपाले गोल गर्दा बंगलादेश ३–१ ले विजयी भयो। यससँगै नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ।

चर्चामा

सम्बन्धित समाचार