बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश २
  • मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

  • शुक्रबार, माघ २०, २०७९
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सहभागी भएन

जनकपुरधाम  –  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् ।

सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । माओवादीले २ वटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन ।

चर्चामा

सम्बन्धित समाचार