• होमपेज
  • कला /साहित्य
  • सोंचे जस्तै जिन्दगिको सफर हुदैन

सोंचे जस्तै जिन्दगिको सफर हुदैन

  • शुक्रबार, माघ २०, २०७९
सोंचे जस्तै जिन्दगिको सफर हुदैन

सोंचे जस्तै जिन्दगिको सफर हुदैन,
बोलिमा भन्दा बिषाक्त जहर हुदैन।

किन घमण्ड गर्छौ नबुझेर मान्छे हो,
मानवता बिहिनको सधै कदर हुदैन।

गम्भिर भयर सोचौँ कुन बाटोमा छौँ,
खोला नहिंडेको संसारमै बगर हुदैन।

मन्दिर धाउँनेहरू ले देख्दैनन् कत्ती,
भिखारीहरू नमुर्झाएको अधर हुदैन।

मर्नेहरू त फर्किएर आएनन् कहिल्यै,
जिन्दगी कतीवेला टुङ्गिन्छ भर हुदैन।

जिउँदा आँमा बा को कदर छैन जाहाँ
सांच्चैभन्दा त्यो घर कसैको घर हुदैन।

चर्चामा

सम्बन्धित समाचार