बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मिस नेपालको आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने

मिस नेपालको आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने

  • शुक्रबार, माघ २०, २०७९
मिस नेपालको आवेदन खुला, सातै प्रदेशमा अडिसन हुने

काठमाडौं –  मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्।

यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गर्ने आयोजकले जनाएको छ। नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ।

प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसनगर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरेको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए। काठमाडौं अडिसन आगामी चैत ४ गते हुनेछ। इटहरी, वीरगञ्ज पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन हुने अध्यक्ष राजकर्णिकारले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार