• होमपेज
  • राजनीति
  • पार्टी बैठकमा प्रचण्ड : रास्वपाले गृह नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो

पार्टी बैठकमा प्रचण्ड : रास्वपाले गृह नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो

  • बिहिबार, माघ १९, २०७९
पार्टी बैठकमा प्रचण्ड : रास्वपाले गृह नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो

काठमाडौं   –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताएका छन् ।

बिहीबार बिहीबार पार्टी कार्यालय कोटेश्वरमा केहीबेर बसेर स्थगित भएको स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाको अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका एक नेताले जानकारी दिए ।

‘रास्वपाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने, ‘रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदै छ । भोलिसम्म हेरौं ।’

नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।

माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिक घटनाक्रमका कारण बैकठ एजेन्डामै प्रवेश नगरी भोलि तीन बजेसम्मलाई स्थगित भएको बताए । ‘यो राजनीतिक विकास के हुन्छ, त्यो हेरेर भोलि तीन बजेसम्मलाई बैठक स्थगित गरिएको छ,’ साहले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नदिए सरकार छोड्ने संकेत गरेको छ । यसबारे निर्णय लिन अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ ।

माओवादी केन्द्रका एक नेताले गठबन्धनमा तनाव पैदा भएको बताउँदै रास्वपाको निर्णय हेरेर मात्रै आफूहरुको बैठक बस्ने बताए ।

यद्यपि प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटी बैठकबाट बाहिरिँदै प्रचण्डले रास्वपाले सर्मथन फिर्ता नलिने बताएका थिए । ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार