
मैले बुझेकाे कुरा : बढ्दाे युवा बेरोजगारी समस्याले – युवाहरुकाे भविष्य मात्रै तहसनहस हुनेछैन – याे समुदायको ,वडाकाे ,नगरकाे जिल्लाकाे र समग्र देशकै अवस्था नाजुक बन्ने छ , समृद्धिका सपनाहरु ध्वस्त हुनेछन् त्यसैले हामिले भाैतिक बिकास भन्दा पनि उत्पादनमुखी बिकासमा जाेड दिनु पर्छ भन्ने मेराे बुझाई हाे .उत्पादनमुखि बिकासलाई मैले किन प्राथमिकताका साथ हेरिरहेकाे छु त भन्दा – यसले समुदायलाई समृद्धिकाे बाटाे तिर लैजाने कुरामा मलाई आसा रफउत्तिकै बिश्वास पनि छ ,
यस बिषयमा म सानाे सन्दर्भ जाेड्न चाहान्छु ।
२०१८ साल तिर स्थापना भयका हाम्रा सामुदायिक बिद्यालयहरुले अहिले सम्म समुदायलाई कति, कस्ताे जनशक्ति उत्पादन गरेर दियाे ? हाम्रा अग्रजहरुले समीक्षा गर्नुभयकाे छ हाेला – उहाहरु यहीँ हुनुहुन्छ । म हाम्रा सामुदायिक बिद्यालयहरुलाई किन दाेस दिईरहेकाे छु त भन्दा – भविष्यका कर्णधार मानिने समुदायका सम्पूर्ण बालबालिका हाम्रो सामुदायिक बिद्यालयमा पठनपाठन गर्छन् त्यसैले उनिहरुकाे भविष्य निर्धारण गर्ने पहिलाे पाठशाला हाम्रो सामुदायिक बिद्यालय हुन त्यसैले बिद्यालयहरुले पनि उत्पादनमुखि , गुणस्तरीय शिक्षामा जाेड दिनु पर्छ भन्ने मेराे धारणा हाे –
२०१८ साल देखि अहिलेसम्म आईपुग्दाकाे सामुदायिक बिद्यालयहरुकाे यात्रा निकै लामाे छ तर शैक्षिक उत्पादन ५/ पनि छैन , यसकाे मत्लव शिक्षामा पनि परिवर्तन गर्नु छ , हाम्रै समुदायमा शिक्षक , कृषि व्यावसायि ,व्यापारी ,डाक्टर , पाईलट , ईन्जिनियर , सुरक्षा कर्मि जस्ता थुप्रै जनशक्ति उत्पादन गर्नु छ , त्यसैले पनि उत्पादनमुलक गुणस्तरीय शिक्षा स्थापित गर्न हामिले के गर्नु पर्छ हामी सहयाेग गर्न तयार छाैँ र वडा सरकार पनि राम्रो काम गरे सहयाेग गर्न पछि हटदैन हाेला भन्ने कुरामा म बिश्वस्त छु ।
समुदाय समृद्धिकाे महान शत्रु युवा बेरोजगार हाे – युवा बेरोजगारीलाई विस्थापित गर्न सक्ने आट उत्पादनमुखि बिकासले राख्दछ भन्ने निष्कर्षका साथ म ठाेकुवा गर्छु कि उत्पादनमूलक बिकासमा जाे दिनु पर्छ ।
हामीले गरेका बिकाशहरुले जनताकाे जीवनस्तरमा कुनै बद्लाप ल्याउन सकेन भने यस्ता बिकासकाे कुनै आैचित्य हुदैन – भन्ने मेराे बुझाई हाे – बिकासले जनताकाे दैनिकीसंग सम्बन्ध राख्दछ , जनताकाे भावनासंग सम्बन्ध राख्दछ , त्यसैले बास्तिबक बिकास के हाे ? भन्ने आधारमा बिकासका कार्यहरु अगाडि सारिनु पर्छ भन्ने कुरालाई म निकै जाेड दिईरहेकाे छु । जन्म = मृत्यु जस्तै बिकास = बद्लाप हाे भन्ने कुरा पनि बुझ्न पर्छ
मान्छे जन्मे पछि उसकाे अन्तिम गन्तव्य मृत्युु हाे – त्यसै गरि हामीले गर्ने राजनीतिककाे अन्तिम गन्तव्य वद्लाप हाे भन्ने कुरा म जानकारी गराउन चाहान्छु ,यदि याे खालकाे राजनीतिक संस्कार याे ठाउँका नेताहरुमा देखा परेन भने जनताले नेतृत्वबाट बिस्तापित गर्न पर्छ भनेर अब युवाहरुले – जनता माझ गएर याे कुराकाे आह्वान गर्ने छन् ,
नभय बद्लाप असम्भव जस्तै हुने छ , न त जनताकाे जीवनस्तरमा कुनै बद्लाप आउने छ न त समाज समृद्ध हुनेछ – तर पनि यसकाे निर्णायक जनता हुन र जनताले सहि निर्णय लिन पर्छ – बद्लाप राेज्ने कि ब्वासाहरु राेज्ने ।
हामी लगभग एक्काईसाैँ शताब्दीको अन्त्य र नयाँ शताब्दीको (बाईसाैँ) सुरुवाती चरणमा प्रबेश गर्दै छाैँ – त्यसैले अब जनतालाई कस्ता बिकासका कार्यहरुकाे आवश्यकता महसुस भैरहेकाे छ “जनताकाे मनाे-भावनासंग जाेडीयर समृद्ध समाजका निमित्त अग्रसर भयर काम गर्नु पर्छ । हाम्रा बिचारहरु , हाम्रा उदेश्य ,लक्ष्य समाज कल्याण निमित्त अरुकाे भन्दा उत्कृष्ट रुपमा प्रदर्शन गर्नु पर्छ र बद्लापकाे लागि काम गर्नु पर्छ। धन्यवाद
गाेपाल बुढा : अध्यक्ष वडा स्तरीय युवा सञ्जाल बु न पा १० बाजुरा
