• होमपेज
  • देश/प्रदेश
  • झोलुङ्गे पुलको माग पेश गर्न स्थानीय तहलाई विभागको निर्देशन

झोलुङ्गे पुलको माग पेश गर्न स्थानीय तहलाई विभागको निर्देशन

  • मङ्लबार, माघ १७, २०७९
झोलुङ्गे पुलको माग पेश गर्न स्थानीय तहलाई विभागको निर्देशन

स्थानीय पूर्वाधार विभागले देशभरका स्थानीय तहहरुलाई आवश्यकता अनुसार झोलुङ्गे पुलको माग पेश गर्न परिपत्र गरेको छ । सोमबार विभागले परिपत्र गर्दै आधारभूत सेवाको पहुँच हरेक आधा घण्टाको फेरोमा ल्याउने लक्ष्य लिएकोले यसका लागि आवश्यक पर्ने झोलुङ्गे पुलको माग विवरण एक महिनाभित्रमा पठाउन भनेको छ ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको विभागले जनाएको छ । विभागका अनुसार तीन वर्षभित्र आवश्यक सबै झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सरकारले तयारी गरेको छ । विवरण उपलब्ध गराउँदा कार्यपालिकाको बैठकको निर्णय सहित पठाउन पत्रमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार