• होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानको मस्जिदमा विस्फोट, ५९ जनाको मृत्यु

पाकिस्तानको मस्जिदमा विस्फोट, ५९ जनाको मृत्यु

  • मङ्लबार, माघ १७, २०७९
पाकिस्तानको मस्जिदमा विस्फोट, ५९ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा ५९ जनाको मृत्यु भएको छ। घटनामा १५० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। यो मस्जिद पेशावरको पुलिस लाइनमा रहेको हुनाले प्रहरीहरू आक्रमणकारीको निशानामा परेको बताइएको छ।

हालसम्म कुनै पनि समूहले यो आक्रमणको जिम्मेवारी लिएको छैन। तर यो पाकिस्तानी तालिबानसँग जोडिएको बताइएको छ। तेहरिक–ए–तालिबान पाकिस्तान नामको यो अतिवादी समूहले गत वर्ष नोभेम्बरमा युद्धविराम समाप्त गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार