शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

  • आइतवार, माघ १५, २०७९
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

काठमाडौं –  अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार काठमाडौं आउँदैछिन्। परराष्ट्र मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन्।

नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए। उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

चर्चामा

सम्बन्धित समाचार