शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकाकाे दाेस्राे गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न

खप्तड छेडेदह गाउँपालिकाकाे दाेस्राे गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न

  • बुधबार, माघ ११, २०७९
खप्तड छेडेदह गाउँपालिकाकाे दाेस्राे गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न

टेक बहादुर बुढा — खप्तड छेडेदह गाउँपालिकाकाे दाेस्राे गाउँ सभा तथा हिउँदे अधिवेशन विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । “कृषि,स्वास्थ्य, शिक्षा र भौतिक पुर्वाधार, वन पर्यटन सुशासन समृद्ध खप्तड छेडेदहको आधार” भन्ने अभियानका साथ सभा संचालन गरिएको हो । गाउँ सभा तथा हिउँदे अधिवेशन गाउँपालिका अध्यक्ष दिल बहादुर रावतकाे अध्यक्षतामा सञ्चालन भएको थियो । गाउँ सभाले ९ओटा कार्यबिधी र हाल सम्मका कार्यहरुको प्रगती समिक्षा पास गर्दै सम्पन्न गरेकाे खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन । ९ ओटा कार्यविधिमा दुईवटा कार्यविधि संशोधन गरिएको बताइएकाे छ ।
गाउँ सभा तथा हिउँदे अधिबेशनमा
खानेपानी, सरसफाई तथा स्वच्छता सुचना व्यवस्थापन प्रणाली निर्देशिका २०७९, सुरक्षित खानेपानी युक्त समुदाय घाेषणा निर्देशिका २०७९, विपन्न नागरिक अौषधी उपचार काेष निर्देशिका २०७९, मर्यादित महिनावारी सुनिश्चितता सम्वन्धी कार्यबिधि २०७९, बाझाे जग्गारहित गाउँपालिका बनाउने कार्यबिधि, रासायनिक मल वितरण व्यवस्थापन सम्बन्धि कार्यबिधि र खानेपानी गुणस्तर अनुगमन निर्देशिका गाउँ सभाले पास गरेकाे सुचना अधिकारी मिरा जाेशीले बताएकी छन । यस्तै गाउँ सभामा शिक्षा ऐन र मदिरा व्यवस्थापन सम्बन्धि कार्यबिधि संशोधन गरिएको सुचना अधिकारी जाेशीले बताईन ।
गाउँ सभा तथा हिउँदे अधिवेशन मा गाउँपालिकाले बनाएका नीति नियमहरुकाे प्रभावकारी रुपमा कार्यन्वयन गर्न सबैले लाग्नु पर्ने गाउँपालिकाकी उपाध्यक्ष बिसु नाथले बताईन । गाउँपालिकाकाे विकास सुस्त गतिमा भईरहेकाले समयमै ध्यान दिन आवश्यक रहेकाे गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताए । गाउँपालिकामा बिनियाेजित बजेट पनि कम मात्रामा खर्च भईरहेकाले विनियोजन गरेको बजेटलाई कार्यान्वयन गर्नका लागि सबैले सहजीकरण गर्न आवश्यक रहेको अध्यक्ष रावतले बताए ।
गाउँ सभा तथा हिउँदे अधिवेशन गाउँपालिका अध्यक्ष दिल बहादुर रावत र उपाध्यक्ष बिसु नाथले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी सुरु भएको गाउँ सभामा नीति तथा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जाेशीले प्रस्तुत गरेका थिए ।

हालसम्म गाउँपालिकाले गरेको प्रगती, खर्च विवरण सार्वजनिक गरिनुका साथै गाउँपालिकाकाे कार्यपालीका बैठकले पारित गरेका विभिन्न कार्यविधिको बारेमा जानकारी सहीत सार्वजनिक गरिएको थियो । गाउँपालिकाकाे दाेस्राे गाउँ सभा तथा हिउँदे अधिवेशनमा कार्यपालिकाका सदस्य, सात वटै वडाका अध्यक्ष, सदस्य , गाउँपालिकाकाे विभिन्न साखाका कर्मचारी , पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियो ।

चर्चामा

सम्बन्धित समाचार