शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भुकम्पको केन्द्रबिन्दु बिच्छ्यामा हिमपात र फाेन सम्पर्क नहुदा राहत तथा उद्धारमा समस्या

भुकम्पको केन्द्रबिन्दु बिच्छ्यामा हिमपात र फाेन सम्पर्क नहुदा राहत तथा उद्धारमा समस्या

  • बुधबार, माघ ११, २०७९
भुकम्पको केन्द्रबिन्दु बिच्छ्यामा हिमपात र फाेन सम्पर्क नहुदा  राहत तथा उद्धारमा समस्या

बाजुरा — मंगलबार दिउसो गएको भुकम्पको केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिकाको बिच्छ्याको क्षेती बिवरण संकलनमा कठिनाई भएको छ । बाजुराको सबै भन्दा दुग्रम क्षेत्रको रुपमा रहेको बिच्छ्यामा के कती क्षेती भयो भन्ने कुराको आधिकारीक कुनै जानकारी नआईसकेको सरोकारवालाहरुको भनाई रहेको छ ।
बिच्छया क्षेत्रमा हिमपात भइरहेका कारण पनि सो क्षेत्रमा राहत तथा उद्धारमा कठिनाइ भइरहेको हिमाली गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
सबै वडाअध्यक्षहरुलाई म्यासेज गरेका छौ कुनै ठाउँमा पनि फोन सम्पर्क भइरहेको अवस्था नभएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताएका छन । वडाअध्यक्षहरुलाई फोन गर्दा पनि सम्र्पक नभएकोले बिच्छ्यामा के कती क्षेती भयो भन्ने कुराको कुनै जानकारी नभएको उनले बताएका छन ।
प्रहरीको टोलीहरु सो क्षेत्रमा पठाएको भए पनि प्रहरीमा समेत सम्र्पक हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपक्षिक सुर्य थापाले बताएका छन । त्याहा गएको प्रहरी टोली पनि कहा पुग्यो भन्ने कुराको जानकारी नभएको उनले बताए । मंगलबार सम्म बिच्छयामा रहेको प्रहरी चौकीमा सम्र्पक गर्दा प्रहरी चौकी समेत क्षेती भएको र आसपासका क्षेत्रमा धेरै घरहरुमा क्षेती भएको जानकारी भएको त्यसपछि कुनै सुचना नआएको प्रहरी प्रमुख थापाले बताएका छन ।
हुम्ला घर भएकी एक बालिका हिमाली गाउँपालिकामा दिदिको घर आएकी र घाईते भएकी बालिकालाई ३ घण्टाको पदैलदुरी पछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको प्रहरी प्रमुख थापाले बताएका छन । अहिले घाइते बालिका होसमा आइसकेको उनले बताए ।
जिल्ला भर हिमपात र पानी परिरहेको कारण राहत तथा उद्धारमा समस्या भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार