• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा भूकम्प जादा केही घर भत्किए, अन्य क्षतिको विवरण संकलन हुँदै

बाजुरा भूकम्प जादा केही घर भत्किए, अन्य क्षतिको विवरण संकलन हुँदै

  • मङ्लबार, माघ १०, २०७९
बाजुरा भूकम्प जादा केही घर भत्किए, अन्य क्षतिको विवरण संकलन हुँदै

बाजुरा — बाजुराकाे हिमाली गाउँपालिकाकाे बिच्छ्यामा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण केही घरहरू भत्किएका छन्।

अहिले सम्मका तथ्याक अनुसार बडिमालिका नगरपालिका ७ रजाताेलीका हरिचन्द पाध्या र साेही नगरपािलका ८ का हर्क गुरुग र बिरजिते चदाराका घरहरु भत्किएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । ‘अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

त्यसै गरी बडिमालिका ७ सिराडीमा पनि एक घर भत्किएकाे र मानविय क्षेती नभएकाे स्थानिय पत्रकार राम बहादुर बिकले बताएका छन

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाकाे बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भएको थियो।

चर्चामा

सम्बन्धित समाचार