शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ६
  • आज दिउँसो सुदूरपश्चिम र कर्णालीका हिमाली क्षेत्रमा हिमपात

आज दिउँसो सुदूरपश्चिम र कर्णालीका हिमाली क्षेत्रमा हिमपात

  • मङ्लबार, माघ १०, २०७९
आज दिउँसो सुदूरपश्चिम र कर्णालीका हिमाली क्षेत्रमा हिमपात

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार