• होमपेज
  • बाजुरा बिशेष
  • वाइसीएल जिल्ला कमिटी बाजुराकाे ११ सदस्यिय कमिटी गठन

वाइसीएल जिल्ला कमिटी बाजुराकाे ११ सदस्यिय कमिटी गठन

  • आइतवार, माघ ८, २०७९
वाइसीएल जिल्ला कमिटी बाजुराकाे ११ सदस्यिय कमिटी गठन

बाजुरा– नेकपा माओवादी केन्द्रकाे भार्ति संगठन वाइसीएल जिल्ला कमिटी बाजुराले पुर्णता पाएकाे छ । योङ्ग कम्युनिस्ट लिग नेपाल जिल्ला कमिटी बाजुराको प्रथम बैठकले कमिटीलाइ पुर्णता दिएकाे हाे । जस अनुसार वाइसीएल बाजुराको संयोजकमा तुल बहादुर रोकाया सचिवमा प्रेम धामी लगायत प्रत्येक पालिका बाट एक-एक जना समेटिने गरि ११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको वाइसीएल बाजुराले जनाएकाे छ।

बैठकले श्रद्धाञ्जली,परिपत्र बाचन,परिचयात्मक सहित रिपोर्टिङ, कार्य बिभाजन, पालिका, वडा सम्मेलन गर्ने एजेन्डामा रहेर निर्णय गरेको वाइसीएल बाजुराले जनाएकाे छ ।

वाइसीएल जिल्ला कमिटी सदस्य प्रेम धामिको अध्यक्षतामा बसेकाे बैठकमा  प्रमुख अतिथी कमल कुमारी शाह र बिषिष्ठ अतिथि प्रदेश कमिटी सदस्य महेश शाहि लगायतका नेताहरु रहेका थिए । सबै नेताहरुले देश युवाकै काधमा रहेकोे हुंदा वाइसियल नेपालले संगठनलाई गतिशील र चलाएमान बनाउन फिल्डमा जानू पर्ने बताए ।

वाइसीएल नेपालका केन्द्रिय सचीव तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सुदुरपश्चिम् प्रदेश समिती सदस्य  नवराज ऐरले योङ्ग कम्युनिस्ट लिग (वाइसीएल नेपाल )देशकै एक नम्बर क्रान्तिकारि संगठन भएको बताए । वाइसीएल नेपाल बाजुराको प्रथम बैठकका लागि बाजुरा पुगेका नेता ऐरले सदरमुकाम मार्तडिमा गरिएको वाइसीएलको बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन।

उनले वाइसीएल नेपालले देशैभरी रहेका उर्जावान युवाहरुलाइ एकीकृत गर्दै नागरिकका जनजिबिकाका सवाल हरुमा शशक्त आवाज उठाउने संगठन बनाउन गाउँ-गाउँमा युवाहरुलाइ खटिन आव्हान समेत गरेका छन्।साथै युवाहरुलाइ नेताको चाकरी नगरी जनताको दैनिकी संग जोडिन अनुरोध गरेका छन् भने गुट उपगुटमा लाग्नेले पार्टी कमिटिमा बस्न नसुहाउने बताए।

  बैठकमा वाइसीएल नेपालका  केन्द्रिय सदस्य शिव बोगटी,प्रदेश संयोजक नर बहादुर बिस्ट,प्रदेश सदस्य सुरेन्द्र बिक नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषध्यक्ष कमल कुमारी शाह, प्रदेश कमिटी सदस्य महेश शाही लगायत वाइसीएल बाजुराका करिब ६०जना युवाहरुको सहभागिता रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार