• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित

सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित

  • मङ्लबार, माघ ३, २०७९
सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित

धनगढी– सुदूरपश्चिम प्रदेशको सभामुखखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्य भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन्।

नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका प्रदेश सभा सचिवालयले जनाएको छ। उनले २९ मत पाएका हुन्। ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गरेका छन्।

काँग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन्। यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन। २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन।

३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी थिइन्।
सुदूरपश्चिममा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

चर्चामा

सम्बन्धित समाचार