बाजुरा–गाउँमा खानेपानीको विकारल समस्या भएपछि नेपाल बिद्यार्थी संघ प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसार समिति केन्द्रीय सदस्य मदन जोशी (तुफान) खानेपानी निर्माण गर्न सक्रिय भएका छन् । जोशीको नेतृत्वमा बुढिगंगा नगरपालिका २ बजेडीमा रहेको गोगन धारा खाने पानी निर्माण गरिएको छ ।
२५ परिवारमा खाने पानीको चरम समस्या भएपछि जोशी सहितका स्थानीयले खानेपानी निर्माण गरि सञ्चालनमा ल्याएका छन् । पहिरो को प्रमुख समस्या मा रहेको बजेडि गाउँमा खाने पानी को समस्या निकै जटिल रहेको छ । खानेपानी निर्माणका लागि वडा देखी नगरपालिका लाई ध्यानाकर्षण गराउदा वास्ता नगरेको स्थानियको आरोप रहेको छ ।
खानेपानीका लागि हारगुहार गरेको भएपनि जनता का गुनासो नसुनेपछि खानेपानी निर्माणमा आफै लागेका हुन् । स्थानीय सरकारले वास्ता नगरे पछि स्थानियले आर्थिक संकलन गरेर पाईप खरिद गरेर गोगन धारा खाने पानी निर्माण गरेको स्थानिय बासीले वताएका छन् ।