बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय शोकका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

राष्ट्रिय शोकका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

  • सोमवार, माघ २, २०७९
राष्ट्रिय शोकका कारण सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । पोखरामा आइतबार भएको विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण बैठक स्थगित गरिएको हो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बिहान बसेको सर्वदलीय बैठकले प्रदेश सभाको बैठक स्थगित गरेको हो । मंगलबार बिहान १० बजे बैठक बोलाउने सहमति पनि भएको छ ।सोही बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ ।

प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्थाअनुसार सुदूरपश्चिममा सोमबार राति १२ बजेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने थियो तर राष्ट्रिय शोकका कारण आजको दिनलाई गणना नगर्ने सहमति दलहरुबीच भएको छ ।

सभामुख चयनका लागि यसअघि २८ र ३० पुसमा मतदान भएको थियो । तर एमाले नेतृत्वको गठबन्धनका उम्मेदवार भीम भण्डारी र कांग्रेस गठबन्धनका मानबहादुर रावलले बहुमतका लागि आवश्यक पर्ने २७ मत नल्याउदा पुनः मतदानमा गएको हो ।

३० पुसमा भएको पुनः मतदानमा सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेशसभाले सभामुख नपाएको हो । उन्मुक्ति पार्टीले अब हुने मतदानमा पनि के गर्ने ? भन्ने विषयमा छलफल भइरहेको र निर्णयमा नपुगेको जनाएको छ । अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार