• होमपेज
  • समाचार
  • आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

  • सोमवार, माघ २, २०७९
आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक बिदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर-७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोँचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।

चर्चामा

सम्बन्धित समाचार