शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा रहेका एम्बुलेन्स मर्मत सम्भार नगर्दा बिरामीलाइ समस्या

बुढिगंगा नगरपालिकामा रहेका एम्बुलेन्स मर्मत सम्भार नगर्दा बिरामीलाइ समस्या

  • आइतवार, माघ १, २०७९
बुढिगंगा नगरपालिकामा रहेका एम्बुलेन्स मर्मत सम्भार नगर्दा  बिरामीलाइ समस्या

बाजुरा — बाजुराको बुढिगंगा नगरपालिकामा रहेका एम्बुलेन्सकाे मर्मत सम्भार नहुदा  बिरामीलाइ समस्या हुने गरेकाे छ । कुनै बेला तिनवटा एम्बुलेन्स रहेको पालिकामा अहिले एउटा पनि सञ्चालन नहुँदा बिरामीलाइ उपचारका लागि अस्पताल लिन समस्या परेको छ ।
एम्बुलेन्स नहुँदा अनिवार्य एम्बुलेन्स चाहिने बिरामीलाइ पनि जिप तथा बसमा उपचारमा लिन बाध्य भएका छन् । नगरपालिका बाट सबैभन्दा बढी उपचारका लागि अछामको बयलपाटा अस्पताल जाने गरेका छन् ।
त्यस्तै जटिल खाले सुत्केरीलाइ जिल्ला अस्पताल बाजुरा र अछामको बयलपाटा अस्पताल लिनुपरेमा अन्य सवारी साधानमा लिने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । जटिल खाले सुत्केरीलाइ एम्बुलेन्स अनिवार्य हो, तर नहुदा बाध्य भएर जिपमा पठाउने गरेको उनले वताए ।
पालिका रहेका तिन एम्बुलेन्स मध्ये २ वटा बिग्रेर अलपत्र अबस्थामा रहेका छन्, भने एउटा प्रदेश सरकारलाई फिर्ता बुझाएको स्वास्थ्य संयोजक शाहले वताएका छन् । प्रदेश सरकार मार्फत हस्तान्तरण एम्बुलेन्स सञ्चालन गर्न नसक्ने भदै फिर्ता पठाएका छौ, बाँकि २ वटा बिग्रेर अलपत्र अबस्थामा रहेको उनले वताएका छन् ।
संबिधान सभा सदस्य डबल शाहले सांसद विकास कोष बाट खरिद गरेर हस्तान्तरण गरेको एम्बुलेन्स साँफे मार्तडी सडक खण्डको बाजुर्गाडमा बिग्रेर महिनौ देखी सडकमा थन्किएको छ । बाजुराको बाह्रबिस रेडक्रस शाखाको से १ च ५२४ नम्बरको एम्बुलेन्स सदरमुकाम मार्तडीमा अलपत्र अबस्थामा रहेको छ । एम्बुलेन्स बिग्रेर अलपत्र भएको महिनौ भएपनि मर्मत गरेर सञ्चालन गर्नमा कसैको ध्यान नजादा बिरामीलाई समस्या भएको स्थानिय तपेश रावलले वताए ।
पालिका सबै गाउँमा सडकको पहुँच रहेको छ, एम्बुलेन्स भएको भए स्वास्थ्य चौकीमा बिरामी लिन सहज हुने गरेको थियो, एम्बुलेन्स नहुदा अक्सिजन चाहिने बिरामीलाई निकै समस्या भएको स्वास्थ्यकर्मीले वताएका छन् । पालिकालाई एम्बुलेन्स मर्मतका लागि पटक पटक पहल गर्दा पनि वेवास्ता गरेको स्वास्थ्यकर्मीले वताएका छन् ।
बाह्रबिस रेडक्रस शाखाले सञ्चालनमा गरेको एम्बुलेन्स भारत सरकारले सहयोग गरेको थियो । उक्त एम्बुलेन्स पटक पटक बिग्रेर र थन्किदै आएको छ । ल्याएदेखि नै प्राय समय बिग्रेको अबस्थामा रहने गरेको स्थानिय अम्मर रावतले वताएका छन् । जनंसख्याका हिसाबले बाजुरामा सबैभन्दा ठुलो पालिका बुढिगंगा नगरपालिका हो । दैनिक तिन चार जना बिरामीलाइ एम्बुलेन्स चाहिने हुन्छ, एम्बुलेन्स नहुँदा अन्य सवारीसाधनमा लिनुपर्ने बाध्यता रहदै आएको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार