शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • श्रीमानले अर्को बिहे गरेपछि आगोले जलेकी लोकशरी अलपत्र (भिडीयो सहित)

श्रीमानले अर्को बिहे गरेपछि आगोले जलेकी लोकशरी अलपत्र (भिडीयो सहित)

पैसा नहुदा फलोअप चेकजाँच रोकियो

  • शनिबार, पुस ३०, २०७९
श्रीमानले अर्को बिहे गरेपछि आगोले जलेकी लोकशरी अलपत्र (भिडीयो सहित)

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका १० बस्ने आगोले जलेकी २३ बर्षयी लोकशरी कुवर श्रीमानले अर्को बिहे गरेपछि अलपत्र अबस्थामा रहेकि छन् ।
गत जेठ महिनामा आगोमा जलेर अलपत्र अबस्था रहेकि लोकशरीको बिभिन्न ब्यक्ति र संघ संस्थाको सहयोगले काठमाडौमा उपचार भएको थियो । काठमाडौमा ३ महिना उपचारपछि उनलाइ घर पठाएको थियो । घर पठाएको केही समयमै श्रीमान एकेन्द्र कुवरले अर्को बिहे गरेर भारत गएपछि लोकशरी र उनको नाबालक छोरा अलपत्र अबस्थामा रहेका छन् ।
लोकशरीको काठमाडौको पाटन अस्पतालमा उपचार पछि सञ्चो भएको थियो । अस्पतालले ५ महिना पछि फलोअप चेकजाँचका लागि आउन भनेको थियो, पैसा र साथमा कोही नआउने भएपछि फलोअप चेकजाँच गर्न नपाएको लोकशरीले वताईन् । काठमाडौमा फलोअप चेकजाँच बेला पहिला सहयोग गरेको संस्थाले सहयोग गर्ने वताएपनि जाने गाडि भाडा नहुदा चेक गर्न जान नपाएको वताईन् ।
आफु जलेर अपांग भएकै कारणले श्रीमानले अर्को बिहे गरेको वताईन् । श्रीमानले अर्को बिहे गरेपछि आफु र छोरालाइ राम्रो सँग पाल्नुपर्ने सर्त राखेकी थिए, त्यो बेला हुन्छ भनेको थियो । कान्छि श्रीमती लिएर भारत गए, त्यसपछि बेखबर रहेको अहिले सम्म फोन पनि गरेको छैन्, पैसा पनि नपठाउने गरेको लोकसरीले वताईन् ।
लोकशरीको ३८ प्रतिशत भाग जलेको पाटन अस्पतालले वताएको थियो । आगाले जलेपछि उनको शरिरको रुप परिवर्तन भएपछि उनलाइ घरपरिवारले अपहेलना गर्ने गरेको वताईन् । घरमा सासु ससुराले उनलाइ खान पकाउन रोक लगाइएको छ, भने उनले खाने भाडाकुडा पनि अलगै व्यबस्थापन गरेको लोकशरीले वताईन् ।
घाउ दुख्ने गरेको छ, थप उपचार गर्न जाने पैसा छैन्, अर्को सबैले हेला गर्ने गरेको लोकसरी वताउँछन् । जलेको बेला मरेको भए सुखशान्त त पाउने थिएकी, अहिले बाँचेर पनि सुख नभएको लोकशरी बताउछन् । सबैले अपहेलना गर्दा आत्माहत्या गर्नुपर्छ भन्ने ध्यान जाने गरेको उनी वताउछन् । स्थानिय भरत कुवरले भने श्रीमानले अर्को बिहे गरेपछि लोकसरी समस्यामा परेको वताए ।
लोकशरीकाे बिभिन्न सञ्चारमाध्यममा आर्थिक अभाबमा अलपत्र समाचार प्रकाशित पछि लोकशरीको उपचार भएको हो । लोकशरीलाई बिभिन्न संस्था र सहयोगिको सहयोगले अछामको बलयपाटा अस्पताल बाट उद्धार गरेर काठमाडौको पाटन अस्पतालमा उपचार गरिएको थियो । लोकशरीलाई काठमाडौमा उपचार, खान बस्नको सहयोग मेकिडल पुनस्र्थापना संस्था र बि भि एस नेपालले सहयोग गरेको थियो ।
लोकशरी जेठ तिन गते आगोमा जलिन् । खाना पकाइरहेका बेला चुलोमा परेर जलेकि थिईन् । छारेरोग बाट पिडित उनि खाना पकाउदै चुलोमा खसेको धेरै समय पछि घरकाले थाहा पाएका थिए । लगत्तै लोकसरीलाई अछामको बयलपाटा अस्पतामा पुयाइएको थियो । त्यहाँ केही दिन राखेर उपचार गरेको भएपनि अस्पतालले उपचार सम्भब नभएको भन्दै रिफर गरेको थियो । उनि अलपत्र रहेको समाचार प्रकाशित पछि मात्र जेठ ११ गते बुढिगंगा नगरपालिका र स्वास्थ्य संयोजक दिपक शाहको सहयोगमा एम्बुलेन्स मार्फत धनगढी पुयाएका थिए ।
जेठ ११ गते बिहान धनगढी पुयाउएका लोकसरीलाई साझँ ७ बजे बुद्ध एयरको जहाजमा टिकट काटेका थिए । काठमाडौ जानलाई एयरपोट पुगेका लोकसरीलाई जहाजले लिन नमानेर फिर्ता गरेको बिरामी सँग रहेका बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताए । चिकित्सकले फिट टु फलाइ भनेर पनि लेखेको थियो धेरै हारगुहार गरयौ, तर बुद्ध एयरलाइन्सको कर्मचारीले बस्ने नसक्ने भन्दै फिर्ता गरेको शाहले वताए ।
धनगढी बिमानस्थलमा कर्मचारीले बोडिङ्ग गर्नलाई समेत बिरामी सहित बोलाए । ५ मिनेट स्टेचरमा बसाउन समेत लगाएका थिए । अन्तमा जहाजमा लिन नमिल्ने गरि फिर्ता पठाएको थियो । जहाजले लिन नमाने पछि ११ गते राति धनगढिमा एम्बुलेन्स खोजेर ३६ हजार भाडा तिर्ने गरि काठमाडौ पुयाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार