• होमपेज
  • राजनीति
  • निर्णायक पार्टी नै सुदूरपश्चिम प्रदेश सभामुख चयनमा बाधक

निर्णायक पार्टी नै सुदूरपश्चिम प्रदेश सभामुख चयनमा बाधक

  • बिहिबार, पुस २८, २०७९
निर्णायक पार्टी नै सुदूरपश्चिम प्रदेश सभामुख चयनमा बाधक

सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीले समयमा समर्थन नजनाउँदा प्रदेश सभामुख चयनमा समेत असर परेको छ। निर्णायक देखिएको पार्टीकै कारण निर्धारित समयमा प्रदेश सभामुख चयन हुन नसकेको हो।

प्रदेश सभामुखका लागि माओवादी र काँग्रेसबाट गरी दुई जना प्रदेश सांसदको मनोनयन दर्ता भएको छ। यी दुबैका लागि निर्णायक पार्टी हो नागरिक उन्मुक्ति।

नागरिक उन्मुक्तिको साथ नपाउँने भएपछि सत्तारुढ दल एमाले र माओवादीका नेताहरु संसद केहीदिन बैठक सार्न कसरत गरिरहेका हुन्। नागरिक उन्मुक्तिले साथ नदिए सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार माओवादीका भीम भण्डारीलाई बहुमत पुग्दैन।

नागरिक उन्मुक्तिको सहयोग बिना भण्डारीलाई एमालेका १० र माओवादीका ११ तथा राप्रपाको एक संसद गरी २२ सांसदको साथ रहनेछ। कांग्रेसका उम्मेदवार मानबहादुर रावलका पक्षमा कांग्रेसका १९ तथा समाजवादीका ४ गरी २३ जना सांसदको समर्थन देखिएको छ।

सत्ता गठबन्धनका दलहरु नागरिक उन्मुक्तिलाई आफ्नो पक्षमा पार्न केन्द्रित छन्। मुख्यमन्त्रीमा अन्तिममा आएर एमालेका राजेन्द्रसिंह रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति प्रदेश सभामुख चयनमा भने बाधक देखिदै आएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार