• होमपेज
  • विचार/ब्लग
  • पृथ्बी जयन्तीः बिशेष

पृथ्बी जयन्तीः बिशेष

बिचार

  • बिहिबार, पुस २८, २०७९
पृथ्बी जयन्तीः बिशेष

“मेरा साना दुःखले आर्ज्याको मूलुक होइन, सबैलाई चेतना भया” भन्ने राष्ट्र निर्माता पृथ्बी नारायण शाहको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक, मननीय र बिचारणीय छ।यिनै ऐतिहासिक कालजयी पुरुष जन्मेको ३०० बर्ष भएछ।बिक्रम सम्बत १७७९ पुष २७ गते जन्मेका पृथ्बी नारायण शाह बीस बर्षको कलिलो उमेरमा गोरखाको राजा हुन पुगेका थिए।

नेपाल तत्कालिन समयमा बाइसे, चौबिसे राज्यमा बिभाजित थियो।दक्षिणमा बिशाल भारत र उत्तरमा बिशाल चीन तिब्बत साम्राज्यहरु राज्य बिस्तारमा लागि रहेका थिए।पृथ्बी नारायण शाहले यो राज्य (नेपाल )दुइ ढुङगा बीचको तरुल हो भनेका छन।हालपनि करिब ९५ करोड क्षेत्रफल र १४५ करोड जनसंख्या भएको मुलुक चीन र करिब ६५ करोड क्षेत्रफल र १४० करोड जनसंख्या भएको मुलुक भारत क्रमशःउत्तर र दक्षिणमा अवस्थित छन ।नेपालले बिश्वका करिब १७५ भन्दा धेरै देशसंग कुटनीतिक र बैदेशिक सम्बन्ध कायम गरिसकेको छ यद्यपी पृथ्बी नारायणले अपनाएका शासन-प्रशासन,आर्थिक, सामाजिक,साँस्कृतिक र सैनिक नीति बर्तमान समयमा पनि उत्तिकै महत्वका साथ हेर्ने गरिन्छ।

इतिहासकारहरुले सिकन्दर महान,सम्राट अशोक जस्ता महान बीरहरुसंग पृथ्बी नारायणशाहलाई तुलता गरेको पाइन्छ।उपरोक्त सम्राटहरुलाई तत् तत् देशका जनताले आदर्शका रुपमा आफ्नो राष्ट्र निर्माता तथा राष्ट्र पिताका रुपमा हेर्छन।त्यसै गरी बहुसंख्यक नेपाली जनताले पनि पृथ्बी नारायण शाहलाई आधुनिक नेपालको राष्ट्र निर्माताको रुपमा हेरेको पाइन्छ ।कुनै पनि देशको ईतिहास, भूगोल र संस्कृति समेतबाट राष्ट्र निर्माण हुने गर्छ। बहुसंख्यक नेपाली जनताको भावनाको सम्मान गर्दै सरकारले पुष २७ गते पृथ्बी जयन्तीका अवसरमा सार्बजनिक बिदा समेत दिएको छ ।राष्ट्र निर्माताको जन्मजयन्ती सन्दर्भमा उनको योगदानको यहाँ केहि ब्याख्या बिश्लेषण गर्न जरुरी छ।

      बिक्रम सम्बत १७९९ मा कलिलो उमेरमा राजा भएका पृथ्बी नारायण महत्वकाँक्षी स्वाभावका थिए।उनको समयमा नेपाल बाइसे राज्य, चौबिसे राज्य, किरात राज्य र उपत्यकामा मल्ल राज्यमा बिभाजित अवस्थामा थियो।उनले यि बाइसे चौबिसे राज्यलाई एकिकरण गरी बिशाल नेपालको निर्माण गर्ने अभिलाषा लिएका थिए।बिक्रम सम्बत १८०१ मा नुवाकोट राज्यमा पहिलो आक्रमण गरी उनले नेपाल राज्यको एकिकरणको थालनी गरेको देखिन्छ।त्यसपछि उपत्यका वरिपरिका राज्यहरु शिवपुरी, फूलचोकी, साङगा, नाला, महादेबपोखरी जस्ता स्थानहरुलाई एकिकरण गरेको पाइन्छ ।

तत्कालिन समयमा पाल्पा,लमजुङ र तनहु राज्य (जसलाई त्रिशक्ति भनिन्थ्यो) असाध्यै शक्तिशाली थिए।”लम्जुङ भनेको गरुड हो,नेपाल भनेको भ्यागुतो हो र गोरखा भनेको सर्प हो, गरुडको आँखा छलेपछि मात्र सर्पले भ्यागुता खान सक्छ” भन्ने रणनीति बनाइ उनले नेपाल उपत्यकामा आक्रमण गरेको देखिन्छ।कीर्तिपूरको आक्रमणमा सेनापति कालु पाण्डेले बिरगति प्राप्त गरेको ,सुर प्रताप शाहको आँखा फुटेको,दलजित शाह घाइते भएको र पृथ्बी नारायण स्वयंलाई जिउ ज्यान जोगाउन हम्मे हम्मे परेको बिषय इतिहासमा बिशेष चर्चित छन।मकवानपुर राज्यसंग उनको बैबाहिक सम्बन्ध कायम भएको थिए।

भक्तपुरसंग उनका पिताको मितेरी सम्बन्ध थियो।नेपाल उपत्यका बिजय गर्न पृथ्बी नारायणले आफ्नो राज्यको सामाजिक, आर्थिक र सैनिक स्थिति सुदृढीकरण गरेको देखिन्छ ।मगर, ठकुरी, खस र गुरुङ जातिका मानिसलाई सेनामा भर्ना गर्नु,सेनाको प्रशिक्षण र हातहतियारको ब्यवस्था गर्नु, सेनाको मनोबल उच्च राख्नु र आफू स्वयं र आफ्ना भाइहरुबाट युद्धमा सेनाको नेतृत्व गर्नु-गराउनु उनका अत्यन्त कौसलतापूर्ण कार्य हुन।पृथ्बी नारायण शाहले सञ्चालन गरेको राज्य ब्यवस्था कस्तो थियो भन्ने सन्दर्भमा उनका दिब्योपदेशको अध्ययन बिश्लेषणबाट देहायको नीति अवलम्बन गरेको दखिन्छ।
(क)शासन।प्रशासन सम्बन्धी नीतिः-
“दुनिया जसदेखि राजी हुन्छन उसैलाई काजी दिनु” भन्ने उनको महान दिब्य उपदेश बर्तमान लोकतन्त्रमा पनि उत्तिकै सान्दर्भिक छ ।उनले भनेका छन- “बिराज बखेतीलाई काजी बनाउने मन थियो तर दुनिया र बाइसे चौबिसेको मतबाट कालु पाँडेलाई काजी दिनु उपयुक्त हुन्छ भन्ने राय सल्लाह आएकाले कालु पाँडेलाई काजी बनाए”।बिभिन्न छिमेकी राज्यहरु पाल्पा, तनहु लमजुङ लगाएतसंग उनले मैत्रीपूर्ण सन्धि गरेका थिए।थरघरको प्रशासनमा सहभागिता हुने ब्यवस्था गरेतापनि मानिसहरुलाई जाँचेर मात्र शासन प्रशासनमा भर्ना लिने नीति लिए।घुस लिन्या र दिन्या भन्याका देशका शत्रु हुन, यिनलाई मृत्यु दण्ड दिएपनि फरक पर्दैन भन्ने नीति लिएकाबाट उनको शासन ब्यवस्थामा भष्ट्राचार अनियमिततालाई निर्ममतापूर्बक दबाइएकोले सुशासन कायम भएको सहजै अनुमान गर्न सकिन्छ।जनताहरुको सल्लाह बमोजिम एकिकृत नेपालको राजधानी काठमाण्डौ बनाएका थिए।
(ख) न्याय ब्यवस्था सम्बन्धी नीतिः-
“राजाले ठूलो न्याय निसाफ हेर्नु, देशमा अन्याय हुन नदिनु” भन्ने पंङतिबाट नै उनको न्याय प्रणाली सुदृढ थियो भन्ने अनुमान गर्न सकिन्छ। ठकुरी जाँची डिठ्टा दिनु,मगर जाची बिचारी दिनु र कचहरी कचहरीमा पण्डित राखी न्यायशास्त्र बमोजिम अदालत चलाउनु भन्ने भनाइबाट योग्यता क्षमता भएकाहरुलाई मात्र न्यायालयमा प्रबेश दिने र कानून बमोजिम मात्र न्याय ब्यवस्था चलाउने भन्ने महान सोच देखिन्छ ।हाल नेपालको संबिधानको भाग ११ मा स्वतन्त्र संबैधानिक निकायका रुपमा न्यायपालिकाको ब्यवस्था गरिएको र न्याय प्रशासन ऐन र नियमावलीबाट अदालतको न्याय प्रशासन सञ्चालन गरिएको देखिन्छ ।
(ग) आर्थिक नीतिः-
पृथ्बी नारायण शाहले स्वदेशी उत्पादन र स्वदेशी उद्योगमा स्थापनामा जोड दिएको देखिन्छ। प्रजा(जनता)मोटा(सम्पन्न) भया दरवार बलियो हुन्छ ।त्यसै गरी आफ्नो देशमा कपडा बुन्न जानेलाई नमूना देखाइ बुन्न लगाउनु,बिदेशका कपडा मनाही गरि दिनु भन्ने उनको उपदेशका सन्दर्भमा स्वदेशी कपडा उद्योगबाट बनेका लुगाकपडाको प्रयोग गर्ने र त्यसबाट स्वदेशमै रोजगारी समेत सृजना हुने अवस्था हुन्छ। “खानी भयाका ठाँउमा गाँउ भया पनि गाँउ अन्यत्र जग्गामा सारी खानी चलाउनु” भन्ने भनाइले नेपालमानै खनिजजन्य उद्योगको स्थापना गर्ने महान सोच रहेको देखिन्छ।”गह्रा(खेत) भयाका जग्गामा घर भया पनि घर अन्य जग्गामा सारी कुलो काटी खेती गर्नु” भन्ने भनाइबाट कृषि पेशालाई समेत ब्यवस्थित र ब्याबसायिक बनाउन खोजेको देखिन्छ। हाल नेपाल सरकारले समेत कृषि योग्य जमिनको संरक्षणमा जोड दिएको सन्दर्भमा तीन सय बर्ष अगाडी नै कृषियोग्य जमिनको संरक्षणमा जोड दिएको देखिन्छ।
(घ)सैनिक ब्यवस्था सम्बन्धी नीतिः-
पृथ्बी नारायण शाहले बाहुन, ठकुरी, खस, मगर गुरुङलाई सेनामा भर्ना लिने नीति लिएका थिए।उनको सैनिक संगठन एक किसिमको समाबेशी नै रहेको दखिन्छ।सैनिक तालिम तथा हातहतियारको ब्यवस्था गरेका थिए।”सिपाहीलाई तिखारी राख्नु” भन्ने उनको बाणीबाट सैनिकलाई निरन्तर तालिमको आवश्यकता पर्दछ भन्नै नै हो।सैनिक प्रहरीलाई जागिर वाफत जग्गा दिने र मृत्यु पश्चात परिवारकोको पालनपोषणका लागि मरबट(हालको पेन्सन जस्तै) दिने ब्यवस्था गरिएको थियो। युद्धमा सफल भएका अब्बल दर्जाका सिपाहीलाई मात्र बढुवा गर्ने निति लिएको देखिन्छ।
(ङ) भाषा तथा सस्कृति सम्बन्धी नीतिः
पृथ्बी नारायण शाहले नेपाली राष्ट्रिय संस्कृतिको जगेन्नामा जोड दिएका थिए।गोरखनाथ, मच्छिन्द्रनाथ र सल्यानदेबीको बिशेष पूजा आराधना गर्ने ब्यवस्था गरिएको थियो। बिदेशी नाच हेर्नमा प्रतिबन्ध लगाएको र दरवारमा नेवार जातिको नाच झिकाएर हेर्न चलन समेत चलाएबाट स्वदेशी संस्कृतिको संरक्षणमा जोड दिएको देखिन्छ।केहि युवाहरुलाई बिदेशी भाषाको तालिम लिन छात्रबृतिमा बिदेश पठाएका थिए।उनले बसन्तपुरको दरवार र नुवाकोटको दरबार समेत बनाउन लगाएर बास्तुकलाको बिकासमा समेत योगदान दिएको देखिन्छ।
(च) परराष्ट्र।बिदेश नीतिः-
“यो राज्य दुई ढुङगा बीचको तरुल हो” भनेबाट नेपाल उत्तरमा बिशाल भूगोल भएको तिब्बत चीन र दक्षिणमा पनि बडेमानको छिमेकी भारत रहेकाले नेपाललाई बनको कन्दमूल तरुलसंग तुलना गरिएको दखिन्छ।बिदेशीलाई देशको भेद लैजान नदिनु, जाई कटक नगर्नु, झिकी कटक गर्नु ।दक्षिणको बादशाह बडो चतुर छ ठीक सम्बन्ध राख्नु भन्ने नीति लिएबाट उनको बिदेश नीति र अन्तराष्टिय सम्बन्ध उच्च कोटीको थियो भन्ने अनुमान गर्न सकिन्छ।नेपालले हाल लिएको परराष्ट्र नीति नेपालको सार्बभौमसत्ता,भौगोलिक अखण्डता स्वाधिनता, र राष्टिय हितको रक्षा गर्न क्रियाशिल रहदै संयुक्त राष्ट संघको वडापत्र,असंलग्नता, पञ्चशिलको सिद्धान्त तथा अन्तराष्ट्रिय कानून र बिश्व शान्तिको मान्यताका आधारमा नेपाल राष्ट्रको सर्बोपरी हितलाई ध्यानमा राखि स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने बिषय तत्कालिन समयमा समेत नेपाल राष्ट्रको सर्बोपरि हितलाई ध्यान दिईएको थियो भन्ने पुष्टि हुन्छ।
अन्त्यमा, आफ्नो ज्यानको बाजी राखेर अथक प्रयत्नबाट पृथ्बी नारायण शाहले नेपाल राष्ट्रको निर्माण गरेको सन्दर्भमा उनि जस्ता राष्ट्रिय बिभूतीको सम्मान गर्नु, प्रत्येक बर्ष उनको जन्म जयन्ती मनाउनु, बिभिन्न स्थानमा उनका शालिक स्थापना र संरक्षण गर्नु, उनलाई स्मरण गर्नु जरुरी छ।नेपालका भौगोलिक सिमानाहरुको रक्षा गर्नु, ऐतिहासिक तथा राष्ट्रिय बिभूतिहरुको सम्मान गर्नु, धर्म संस्कृतिको संरक्षण गरेर मात्र राष्ट्र निर्माण हुने देखिन्छ।सबैलाई चेतना भया।

चर्चामा

सम्बन्धित समाचार