• होमपेज
  • राजनीति
  • अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने

  • बिहिबार, पुस २८, २०७९
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन फागुन २,३, ४ मा हुने भएको छ । आज बसेको पदाधिकारी बैठकले उक्त मितिमा महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
महासचिव समिक बडालका अनुसार विधान अधिवेशन गरेको ६ महिनाभित्रमा महाधिवेशन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार फागुनमा महाधिवेशन गर्ने निर्णय गरिएको हो। बैठकले सम्मेलनरअधिवेशन नभएका कमिटीहरूको अधिवेशन माघ १५ सम्म गरिसक्नुपर्ने निर्णय गरेको छ ।

अनेरास्ववियुले चैत ५ गतेलाई तोकिएको स्ववियु निर्वाचन अघि महाधिवेशन गर्ने लागेको हो। संगठनलाई चुस्त दुरूस्त बनाएर स्ववियु निर्वाचनमा लैजान खोजिएको महासचिव बडालले बताए ।

चर्चामा

सम्बन्धित समाचार