• होमपेज
  • बाजुरा बिशेष
  • हिमालीमा आयुबेर्द स्वास्थ्य शिबिर सम्पन्न

हिमालीमा आयुबेर्द स्वास्थ्य शिबिर सम्पन्न

  • बिहिबार, पुस २८, २०७९
हिमालीमा आयुबेर्द स्वास्थ्य शिबिर सम्पन्न

बाजुरा — हिमाली गाउँपालिकामा आयूबेर्द स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराको आयोजना र गाउँपालिकाको समन्वयमा सो शिबिर सम्पन्न भएको हो । सो शिबिरमा ३ सय ६४ जनाले लाभ लिएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका नर्मदा कुँवरले बताइन ।
एक दिने आयुबेर्द स्वास्थ्य शिबिरमा बातरोग, स्त्रीरोग,अम्लपित्त, पायल्स, मधुमेह, बालरोग, चर्मरोग लगायतका बिरामीहरुको उपचार गरिएको जनाएको छ ।
जिल्ःला आयुबेर्द स्वास्थ्य केन्द्रका डाक्टर रन्जित केशरी लगायतको टिमले बिशेष चकजाँज गर्नुका साथै औषधी समेत बितरण गरीएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ ।
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख रंग बहादुर कार्कीको अध्यषक्षतामा संचालन गरिएको एक दिने शिबीर कार्यक्रमको प्रमुख अतिथि हिमाली गाउँपालिका उपाअध्यक्ष राजकला शार्की रहेकी थिईन ।

चर्चामा

सम्बन्धित समाचार