• होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

  • बिहिबार, पुस २८, २०७९
मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन्।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन। बिहीबार बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ। प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए। ओलीसँग वार्ता गर्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बालकोट पुगेका थिए। ओलीकै समर्थनमा प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका हुन्।

चर्चामा

सम्बन्धित समाचार