बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मैखाउ मैलाउ भनी अगि सर्दैन बाजुरा

मैखाउ मैलाउ भनी अगि सर्दैन बाजुरा

  • बुधबार, पुस २७, २०७९
मैखाउ मैलाउ भनी अगि सर्दैन बाजुरा

1)यै दिलमा आगाे लाईगै बिचारिले।
मुटु भित्र छुरा चलाईगै बिचारीले।

बुझ्दै बुझिन चाखाेमाया पिरतिलाई
पिरतिकाे मुल सुकाईगै बिचारीले।

माया गर्नु पापहाे भनी गलत बुझिकन
बिनाकाम तहल्का मचाईगै बिचारी।

खुसि छिया हिजाेसम्म दुखिबनाईगै अाज
सुखकाे संसार पुरै जलाईगै बिचारी।

दुखपिडा दिई निर्दाेष याे मुटुकन
छातिभित्र बम बारुत चलाईगै बिचारिले।

(2)गाउँ कि हाेई बिचारी गाउकाे बाेलि नभुल्याई।
जाेगाउनु छ संस्कृत अझै भाेलि नभुल्याई।

सहरजाँदा सहरकाे मिनिस्कटले छाेला तकि
गाँउमा लाउन्या गुनिउ अनि चाेलि नभुल्याई।

जतापनि देखिन्ना ठुलाठुला महलहरु
गाउँमा बग्ने नहरअनि खाेलि नभुल्याई।

भन्दाछन बिरानाे सहर बिरानै मान्छेहरु
तुईरम चढ्याकाे उहीँ डाली नभुल्याई।

3)गाँउल्या जीवन दुख छ दिनरात प्यारी ।
गर्नुपड्डाे घाँस दाउरा मेलापात प्यारी।

तरपनि खुसी छाै हामी काेदाेकै राेटिमा
सहरकाजसाे पाईदैन छकालबासा भात प्यारी।

हलाेजाेति खेतखनि खान पर्छ मेराे बाजुरामा
दुखैदुखकाे भारि पाउल्लि नलाग मेरा साथ प्यारी।

परम्पराकाे नाममा कुचलन अझै छदाईछ मेरा गाउँ
त क्षेत्री म दलित फरक भयाे जात प्यारी

गाउँल्या जीवन दुख छ दिनरात प्यारी
गर्नुपड्डाे घाँस दाउरा मेलापात प्यारी।

4)बाेल्दाबाेल्दै फाेन काट्टि साैराजुकि छाेरी ।
माया गर्दछु भनी ढाट्टि साैराजुकि छाेरी।

हुदा हाँसिहासि बाेल्दिछ सधैं म सँग
कहिलेई भन्या दिमाग चाट्टि सैाराजुकि छाेरी।

म भन्या उसैलाई माया हर्दाे सधै भरि
उभन्या अन्तैमाया साट्टि सैाराजुकि छाेरी।

बाेल्दा बाेल्दै फाेन काट्टि साैराजुकि छाेरी।
माया गर्दाेछु भनी ढाट्टि साैराजुकि छाेरी।
5)देश भन्नुत के रहिछ चार किल्लाकाे माटाे ।
राजधानी ले बिर्सेकाेछ मेरा गाउँ काे बाटे।

गरिबजनता रुदै रुदै दिन कटाई रछन
सेवा सुबिधा तेसले पाउछ जाे छन टाठाे बाठाे।

अचम्मै काे सरकार देख्छु जसकाे आय पनि
दुखै दुखमात्र दिन्छन् बिकासकाे साँटाे।

मैखाउ मैलाउ भनी अगिसर्दैन बाजुरा
स्वार्थ काे सँसारमा यसाे गरे मेराे जिल्ला हुनेभयाे लाटो ।

चर्चामा

सम्बन्धित समाचार