शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • हिमाली भेगका बिद्यार्थीलाई न्यानो लुगा वितरण

हिमाली भेगका बिद्यार्थीलाई न्यानो लुगा वितरण

  • सोमवार, पुस २५, २०७९
हिमाली भेगका बिद्यार्थीलाई न्यानो लुगा वितरण

बाजुरा–बाजुराका हिमाली भेगका चारवटा बिद्यालयमा बिद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ । शान्ति सेवा गृह  काठमाडौको सहयोग र बडिमालिका मिडिया हाउसको सहयोगमा लुगा वितरण गरिएको छ ।
बुढिगंगा नगरपालिका ९ को दुधिर आधारभुक्त बिद्यालय, बडिमालिका नगरपालिका ७ मा रहेको सरस्वती आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय र लक्ष्मि माबिका ३ सय ४५ जना बिद्यार्थीलाइ सहयोग गरिएको छ । आर्थिक बिपन्न र असाहय बिद्यार्थीलाइ आधार गरेर न्योनो लुगा सहयोग गरहेको छ ।
हिउँदको समयमा चिसो बढने भएकाले दुर्गम तथा हिमाली जिल्लाका बिद्यार्थीलाई लक्षित गरेर बिद्यार्थीलाई न्यानो लुगा वितरण सहयोग गरेको शान्ति सेवा गृह काठमाडौ कि कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् । पठनपाठनमा सहयोग होस भनेर सहयोग गरिरहेको कार्कीले वताईन् । संस्थाले बाजुरा मात्र नभइ अन्य हिमाली जिल्लामा सहयोग गर्दै आएको छ ।
हिमाली क्षेत्रमा रहेको सरस्वती आधारभुत बिद्यालयमा निकै जाडो हुने र हिमपात हुने ठाउँमा बालबालिकाहरुलाई गरेको सहयोगले बिद्यार्थीलाइ राहत भएको प्राधानध्यापक हस्तबहादुर धामीले वताए । धामीले सहयोगी हातहरुको सहयोगको निरन्तरताका लागि समेत अनुरोध गरेका छन । धेरै बिद्यार्थीको न्यानो लुगा किन्ने पैसा समेत नहुने रहेको छ, यसले ठुलो सहयोग भएको उनले वताए ।
हिमाली तथा दुर्गम क्षेत्रमा रहेको बिद्यालयका बिद्यार्थीहरुका लागि गरेको सहयोगले धेरै राहत मिलेको बिद्यालयले जनाएका छन् । बिद्यालयमा सबै हुने खाने मात्र नभई गरिव तथा बिपन्न परिवारका बालबालिका यो सहयोगका ठुलो महत्वमा रहेको दुधिर आधारभुक्त बिद्यालयका प्रअ बिक्रम बहादुर सिंहले बताए । यो अभियान निरन्तरताका लागि अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार