मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • संसदमा रचनात्मक रुपमा प्रस्तुत हुन्छौं : देउवा

संसदमा रचनात्मक रुपमा प्रस्तुत हुन्छौं : देउवा

  • सोमवार, पुस २५, २०७९
संसदमा रचनात्मक रुपमा प्रस्तुत हुन्छौं : देउवा

काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए ।

देउवाले भनेका छन्, ‘ प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सघीय लोकतान्त्रिक व्यवस्थाको सवलिकरणका लागि विशेष योगदान गर्न सकोस् । हामी सबै त्यसमा संलग्न हुन सकौं ।’

उनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार