शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम एमालेको भागमा, रावल मुख्यमन्त्री बन्दै

सुदूरपश्चिम एमालेको भागमा, रावल मुख्यमन्त्री बन्दै

  • सोमवार, पुस २५, २०७९
सुदूरपश्चिम एमालेको भागमा, रावल मुख्यमन्त्री बन्दै

धनगढी – एमालेका संसदीय दलका नेता राजेन्द्रसिँह रावल सुदूरपश्चिमको मुख्यमन्त्री हुने भएका छन्। सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको हो। पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने छ।

सुदूरपश्चिम प्रदेश एमालेको भागमा परेको माओवादीबाट प्रदेश सभामा विजयी अक्कलबहादुर रावलले बताए। उनका अनुसार सुदूरपश्चिममा पहिलो चरणमा एमालेको मुख्यमन्त्री हुनेछ। एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन्। माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउनेछ। माओवादीका दलका नेता खगराज भट्ट साढे २ वर्षपछि सुदूरपश्चिमको मुख्यमन्त्री हुने छन। एमाले संसदीय दलका नेता रावलका अनुसार सुदूरपश्चिम एमालेको भागमा परेपनि औपचारीक्ता बाँकी छ।

सुदूरपश्चिम र वागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो प्रदेश सरकारकोे नेतृत्व गर्ने भएको हो। सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने छ भने वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्नेछ।

चर्चामा

सम्बन्धित समाचार